• ६ जेठ २०८१, आइतबार

मानवअधिकार समूहका लागि क्षमता विकास तालिम

blog

सुनसरीको देबानगञ्जमा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिमका अतिथिहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख २५ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको सहकार्य, देवानगञ्ज गाउँपालिकाको सहयोग र मानव अधिकार समूह देवानगञ्ज तथा डी.एन.नेपाल बहुउद्देश्यीय प्रा.लि.को आयोजनामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । 

मानव अधिकार समूह गाउँपालिकामा रहेर काम गरेको तथा थप काममा प्रोत्साहन गर्न मानव अधिकार समूहको क्षमता विकासको तालिममा गरेको समूहका सचिव विवेक मेहताले बताउनुभयो । गाउँमा गठन भएका मानव अधिकार समूहका पदाधिकारीलाई मानव अधिकार, स्थानीय तहसँग कसरी समन्वय गरेर काम गर्न सकिन्छ लगायतको विषयमा जानकारी दिनको लागि तालिमको आयोजना गरेको मेहताले बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार मेहताले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएकोले यसको पालना गर्न गराउन भूमिका निर्वाह गर्ने बताउनुभयो । मानव अधिकार समूहलाई समन्वय गरेर लैजाने प्रतिबद्धता जनाउनुभयो ।

देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले मानव अधिकार समूहलाई सहयोग गर्दै आएको बताउनुहुँदै सबै नागरिकको अधिकार संरक्षण गर्दै, विभिन्न सङ्घ संस्थाको सल्लाह र सुझावलाई मनन गरी कार्य गर्दै आएको र थप काम गर्ने प्रतिबद्धता जनाउनुभयो । देवनागञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले मानव अधिकारको लागि आफू न्यायिक समितिको तर्फबाट काम गर्दै आएको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले मानव अधिकार समूहले नागरिक समाजको भूमिकामा रहेकाले यसलाई थप प्रभावकारी बनाउन तालिम दिएको बताउनुभयो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग कोशी विराटनगरका प्रमुख पवन कुमार भट्टले मानव अधिकारका सैद्धान्तिक विषयका साथै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा छलफल गर्नुभएको थियो । उक्त तालिममा इन्सेक प्रदेश संयोजक सोमराज थापा, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, डी.एन.नेपालका अध्यक्ष दायालाल चौधरी, कार्यक्रमका सहजकर्ता दीपेन्द्र झा, गाउँपालिका स्तरीय मानव अधिकार समूहका पदाधिकारीहरूको उपस्थिति थियो ।