• १७ असार २०८१, सोमबार

हुम्लाबाट ११ सय ४६ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै

blog

राजन रावत

हुुम्ला, वैशाख ८ गते । यस पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सयभन्दा बढी परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट  बिधार्थी एसईईमा सहभागिता जनाउन लागेका हुन । 

शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख तिलक भट्टराईकाअनुसार आगामी शुक्रवार बिहान सुरु हुने एसईई परीक्षामा हुम्ला जिल्लाबाट एक हजार १४६ जना विद्यार्थी सहभागिता जनाउने छन् । परीक्षामा ५४९ छात्रा र ५९८ जना छात्र रहनुभएको छ । पहिलो पटक हुम्लाबाट छात्राभन्दा छात्रको संख्या बढी देखिएको छ । 

यसअघिका परीक्षामा छात्राको संख्या बढी हुनेगथ्र्यो । यो संख्या जिल्लाका कुल २८ वटा माध्यमिक विद्यालयबाट नियमित र खुल्लातर्फको हो । यसमा खुल्लातर्फ ४४ जना परक्षिार्थी रहेका छन् । ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सुर्योदय मावि श्रीनगर र र ताँजाकोट गाउँपालिकाबाट मदानादेब मावि रहेका छन् । यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन् । सबै परीक्षा केन्द्रमा प्रश्नापत्र, उत्तरपुस्तिका र केन्द्राध्यक्ष पुुगेको इकाईले जनाएको छ ।