• १३ साउन २०८१, आइतबार

अक्सिजन प्लान्ट विस्फोटनकाे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

blog

काठमाडाैं, वैशाख ८ गते । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विस्फोटकाे छानबिन गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई  घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएकाे हाे ।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विस्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी सात जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो । दुई दर्जन बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलाे दुर्घटना नभएकाे र विस्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।