• १३ साउन २०८१, आइतबार

अक्सिजन उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिकको मृत्यु, सात घाइते

blog

फाइल तस्विर

काठमाडौं, वैशाख ८ गते । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी सात जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो । दुई दर्जनभन्दा बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलाे दुर्घटना नभएको र विस्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।