• २७ वैशाख २०८१, बिहिबार

घरको छतबाट खसेर एक जनाको मृत्यु

blog


जनार्जन खत्री
सर्लाही, वैशाख १५ गते ।
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मलङ्गवा नगरपालिका–१०, घर भएका ४५ वर्षीय सन्तोष राउतको छतबाट खसेर मृत्यु भएको हो । मलङ्गवा बसपार्कमा लामो समयदेखि खाजा पसल सञ्चालन गर्दै आउनुभएका सन्तोष मलङ्गवा–९, का दिनेश राउतको घरमा डेरा गरेर बस्नुहुन्थ्यो ।

शनिबार बिहान १ः४५ बजेतिर घरको छतबाट खसेर घाइते हुनुभएका सन्तोषलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।