• २२ वैशाख २०८१, शनिबार

रासस र कतार न्युज एजेन्सीबिच समाचार आदानप्रदानका लागि सम्झौता

blog

काठमाडौँ, वैशाख १२ गते । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सी (क्युएनए)बिच समाचार सामग्री आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुवै देशका राज्यद्वारा सञ्चालित समाचार एजेन्सीबिच समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा दुई देशका समाचार एजेन्सीबिच समाचार आदान-प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा.रूपक सापकोटाले जानकारी दिनुभयो । राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत् कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुवै देशका जनता लाभान्वित हुने छन् ।

रासस वि.सं.२०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एक मात्र समाचार एजेन्सी हो । यसै गरी क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको कतारद्वारा सञ्चालित कतारको समाचार एजेन्सी हो । रासस