• १३ साउन २०८१, आइतबार

केन्द्रीय कारागारमा थप सुरक्षा व्यवस्थापन

blog

दीपा चाैधरी

काठमाडौं, वैशाख ६ गते । स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीको सङ्ख्या अपुग भएपछि म्यादी प्रहरीको माग गरी अहिले खटाइएको छ । यस्तो अवस्थामा केन्द्रीय कारागार सुन्धारा, नख्खू र सदरखोर डिल्लीबजारमा सुरक्षाको जिम्मा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी बल र नेपाली सेनालाई पनि दिइएको छ ।

प्रहरी नायब उपरीक्षक तथा कारागार सुरक्षा प्रमुख लोकबहादुर गुरुङका अनुसार नेपाल प्रहरीले कारागारबाट कैदी भाग्न नदिन सुरक्षित व्यवस्थापनकाे काम भैरहेकाे छ । 

बन्दीहरुको क्रियाकलाप तथा निगरानी गर्ने क्रममा तीन वटै जेलभित्र आवश्यकतानुसार रमन डियूटी खटिने गरेको छ । रातको समयमा  तीन सिफ्टमा चेकिङ टोली खटिन्छ । कारागार प्रशासनको आदेशानुसार कैदीबन्दीहरुलाई अड्डा अदालत तथा औषधि उपचारका लागि अस्पतालमा सुरक्षा व्यवस्था मिलाई लैजाने र ल्याउने काम गरिन्छ ।

कारागारको सुरक्षा, कारागारमा रहेका कैदी तथा बन्दीहरुको सुरक्षा, अदालतमा उपस्थित गराउनु, विरामी कैदीबन्दीहरुलाई अस्पताल ल्याउने, लैजाने, स्थानान्तरण गरिएका कैदीबन्दीहरुलाई सम्बन्धित कारागारमा दाखिला गर्ने, कैदीबन्दीको गतिविधि तथा विवरण तालुक कार्यालयमा जाहेर गर्ने, कैदीबन्दीहरुसँग भेटघाट गर्न आउने व्यक्तिहरुलाई नियमानुसार भेटघाट गराउने काम पनि कारागार सुरक्षाले गरिरहेको प्रमुख गुरुङले बताउनुभयो ।