• २१ वैशाख २०८१, शुक्रबार

करेन्ट लागेर युवक घाइते

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख ८ गते । ताप्लेजुङमा करेन्ट लागेर एक युवक घाइते हुनुभएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका –३ साँघुको मानेडाँडा बस्ने ३४ वर्षीय तेन्जी शेर्पा करेन्ट लागेर घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार विद्युतको ट्रान्सफर्मरमा समस्या देखिएपछि मर्मत गर्ने क्रममा शेर्पालाई अचानक करेन्ट लागेको हो । शेर्पाको दायाँ हात र ढाडमा चोट लागेको लुङगेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार करेन्ट लागेर घाइते हुनुभएका शेर्पालाई मैवाखोला गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।