विजयकुमार साह
ढल्केबर, वैशाख ३ गते । नेपाल सद्भावना पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्ने सहमति भङ्ग गरेको छ । सोमबार सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले जारी गर्दै नाउपासँग पार्टी एकीकरण गर्ने सहमति भङ्ग गरेको बताउनुभएको छ ।
नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाम बसेको कार्यकारणी समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबिचको विवादका कारण पार्टी देश र जनताको हितमा काम गर्न नसकेको र दुवै जना व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ अग्रसर भएकाले सद्भावना पार्टी सो पार्टीसँग अगल हुने निर्णय गरेको छ ।
२०८० साउन १४ गते रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबिच एकीकरण भएको थियो । पार्टी एकीकरण पश्चात् नेसपाका अध्यक्ष महतोलाई नाउपाका केन्द्रीय उपाध्यक्ष पदमा मनोनीत गरेको थियो ।