• २० वैशाख २०८१, बिहिबार

मधेस सुरक्षा गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी

blog

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित सहभागीहरू । तस्बिर : मन्त्री राजकुमार लेखी

गोरखापत्र अनलाइन

जनकपुरधाम, चैत २८ गते । मधेस प्रदेशस्तरीय एक दिने सुरक्षा गोष्ठी जनकपुरधाममा सुरुभएको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको सो कार्यक्रम आज बिहानदेखि सुरुभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो । 

कार्यक्रममा सङ्घीय उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहभागिता रहेको छ । कार्यक्रममा समग्र मधेश प्रदेशको सुरक्षा अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल हुने मन्त्री लेखीले बताउनुभयो । 


कार्यक्रम आज साँझसम्म चल्ने उहाँको भनाइ छ । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।