• ८ जेठ २०८१, मङ्गलबार

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे निर्वाचित

blog

राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित विमला घिमिरेलाई बधाई तथा शुभकामना दिँदै राष्ट्रिय सभाका सदस्य । तस्बिर : रत्न श्रेष्ठ/रासस

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २८ गते । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो । 

उपाध्यक्ष घिमिरेको पक्षमा ३९ मत र विपक्षमा १६ मत खसेको थियाे । उहाँको पक्षमा बहुमत मत परेको भन्दै अध्यक्ष दाहालले निर्वाचित भएको घोषणा गर्नुभयो । सभा बैठकमा ५५ सांसदको उपस्थिति रहेको अध्यक्ष दाहालले जानकारी गराउनुभयो । राष्ट्रिय सभामा कुल ५९ जना सांसद हुनुहुन्छ । 

घिमिरेसँग नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिनुभएको थियो । उहाँको पक्षमा १६ मत र विपक्षमा ३९ मत परेको थियो । उहाँको पक्षमा बहुमत नआएको अध्यक्ष दाहालले बैठकलाई जानकारी गराउनुभएको थियो । 

यसअघि माओवादी केन्द्रका सांसद उर्मिला अर्याल उपाध्यक्ष रहनुभएको थियो । उहाँले राजनीतिक सहमतिअनुसार पदबाट राजीनामा दिनुभएपछि सो पदमा आज पुनः निर्वाचन भएको हो ।