• १२ असार २०८१, बुधबार

आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्द्धन आवश्यक

blog

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश कार्यसमितिका नवनिर्वाचितलाई बधाई तथा शुभकामना कार्यक्रममा सहभागीहरु । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, चैत २६ गते ।
बर्दीबासमा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना हुँदाहुँदै यसको पहिचान र प्रवर्द्धन गर्न नसक्दा यहाँको बजार व्यवसायले अपेक्षित गति लिन नसकेको व्यवसायीहरुले जनाएका छन् । यसका लागि योजनावद्ध कार्यक्रम तर्जुमाका साथै पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले बजेटमै व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गर्नुभएको हो ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दीबास उद्याेग वाणिज्यसङ्घ तथा रोटरी क्लब अफ बर्दीबासले आइतबार बर्दीबासमा आयोजना गरेको होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका नवनिर्वाचितलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा होटल व्यवसायीले पर्यटन प्रवर्द्धनका सम्भावना र चुनौतिबारे नगरपालिकाको ध्यानाकर्षण गराउनुभएको थियो ।

नगर प्रमुख प्रह्लाद क्षेत्रीले आर्थिक विकास र रोजगारी सिर्जनाको सशक्त माध्यम मानिने पर्यटनबाट नगर क्षेत्रको सर्वाङ्गीण विकास हुने भएकाले यसलाई सधैं प्राथमिकतामा राखेको बताउनुभयो । आफूले पर्यटन प्रवर्द्धनको  आवश्यकता महसुस गरी पाटु ताल र रामजानकी फन पार्कको योजना अघि सारे पनि केही प्रवृत्तिगत दुष्प्रचार र दुराशय साध्ने नियतले यस्ता योजनालाई अवरोध पुर्‍य ाउने प्रयास भएको पनि उहाँले स्मरण गराउनुभयो ।

‘‘सबैको सहयोगले विकास हुने हो तर विरोधका लागि विरोध र दुष्प्रचार गर्ने प्रवृत्तिले पर्यटकीय महत्वका यी दुवै योजनाविरुद्धमा सङ्गठित रुपले भ्रमको प्रयास गराएका छन्, यस्ता दुष्प्रवृत्तिविरुद्ध सबै सचेत हुनुपर्छ’’ नगरप्रमुख क्षेत्रीले भन्नुभयो ।

यसअघि होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको कार्य समितिमा दोस्रो पटक सर्वसम्मत निर्वाचित अध्यक्ष हिरा गौतमले अहिलेको विषम परिस्थितिमा होटल व्यवसायमा अनेकन समस्या र चुनौती थपिएको बताउनुभयो ।

उहाँले पर्यटनको विकाशले रोजागारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्‍य ाउन सकने भएकोले आफ्नो नेतृत्वमा रहेको महासङ्घले मधेश प्रदेशकै पर्यटनको विकाश र प्रवर्द्धनका लागि संस्थागत प्रयास गर्ने जनाउनुभयो ।

यसका लागि महासङ्घको कार्यालय स्थापना जरुरी भएकाले बर्दीबासमा आवश्यक जग्गाको व्यवस्था मिलाई दिन गौतमले नगरप्रमुख क्षेत्रीलाई आग्रह गर्नुभयो ।

गौतमको आग्रहप्रति सहमति जनाउँदै यसका लागि बर्दीबासमा जग्गा उपलब्ध गराउन नगरप्रमुख क्षेत्रीले पहल गर्ने आश्वासन दिनुभयो ।

बर्दीबास होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्ज कार्की गोपालले मधेशका पर्यटन प्रवर्द्धन गर्न ऐक्यबद्ध भई निःस्वार्थभावले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘‘नगरपालिकाले वार्षिक बजेटको ३० प्रतिशत रकम छुट्याए मात्र पर्यटनको दिगो विकास हुन सक्छ’’ अध्यक्ष कार्कीले भन्नुभयो ।