• १३ साउन २०८१, आइतबार

पूर्वप्रधानमन्त्री ओलीलाई पदक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २ गते  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एसिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान पदक’बाट विभूषित हुनुभएको छ । नेपाल स्काउटद्वारा बिहीबार राजधानीमा आयोजित ‘मेधावी योगदान पदक’ सुशोभन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पदकबाट विभूषित गर्नुभयो । स्काउटको विकास र विस्तारमा महìवपूर्ण योगदान गरेको भन्दै नेपाल स्काउटका पूर्वसंरक्षकसमेत रहनुभएका ओलीलाई ‘मेधावी योगदान पदक’ले सुशोभित गरिएको थियो ।

प्रत्येक वर्ष विश्व स्काउटको एसिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गर्दै आएको छ । नेपाल स्काउटका अनुसार ‘मेधावी योगदान पदक’बाट विभूषित हुने ओली पहिलो नेपाली हुनुहुन्छ । विश्वमा अहिलेसम्म ११ जना यस पदकबाट विभूषित भइसकेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल स्काउटको तर्फबाट नेपालको पहिलो स्काउट मास्टर ९५ वर्षीय गोविन्दनारायण ज्यापूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । पदक प्रदान गर्दै राष्ट्रपति भण्डारीले स्काउटले बालबालिका तथा युवालाई कर्तव्यपरायण बनाएर सभ्य, सुसंस्कृत र विकसित समाज निर्माण गर्न ठूलो योगदान पु¥याइरहेको चर्चा गर्नुभयो । ‘मेधावी योगदान पदक’बाट विभूषित ओलीले यस क्षेत्रमा लाग्न अरू नेपालीलाई समेत प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आफू यो पदक स्वीकार गरेको बताउनुभयो । 

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले ‘एक घर, एक स्काउट र एक पालिका, एक स्काउट एकाइ’ गठन गर्ने उद्देश्यसहित’ मुलुकको ७५३ वटै स्थानीय तहमा स्काउट विस्तारकार्य भइरहेको जानकारी दिनुभयो । सन् १९०७ मा बेलायतमा स्थापना भएको स्काउट ४५ वर्षपछि सन् १९५२ मा नेपालमा स्थापना गरिएको थियो ।