• २ जेठ २०८२, शुक्रबार

त्रिशूली दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो, पाँचको मृत्यु एक बेपत्ता

blog

वसन्त पराजुली

भरतपुर, चैत १७ गते । पृथ्वी राजमार्गको  इच्छाकामना गाउँपालिका-५ पृथ्वी राजमार्गको सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । शनिबार बिहानै काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो । 

मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिक-७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका-७ की ४१ वर्षीया  हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । 

गोरखा नगरपालिका-७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।