• १३ साउन २०८१, आइतबार

स्थानीय निर्वाचन महत्त्वपूर्ण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १ गते । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नयाँ वर्ष २०७९ को वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्त्वपूर्ण   ‘न्यू इयर रिजुलुसन’ रहेको बताउनुभएको छ । 

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण बालिग मतदाता एवं देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महाउत्सवमा सहभागी हुन आग्रह गर्नुभएको छ ।  संविधान सभाबाट नेपालको संविधान जारी भई देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न हुन गइरहेको स्मरण गर्दै उहाँले यो निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।