आकर्षणको केन्द्र हिमताल
यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ ।
सुदूरका जलसम्पदा
बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीबाट ९६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको माथिल्लो चमेलिया जलविद्युत् आयोजना लक्ष्यभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न भएको हो । ४० मेगावाटको माथिल्लो चमेलिया निजी क्षेत्रको लगानीमा निर्मित सुदूरपश्चिमकै पहिलो ठुलो जलविद्युत् आयोजना हो ।
पर्यटक लोभ्याउँदै ढङढङ्गे झरना
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरनाप्रति पर्यटक आकर्षित बन्दै गएका छन् । भारतको सिक्किम र पाँचथर जिल्लासँग
फोहोरले कुरुप बन्दैछ पर्यटकीय क्षेत्र ‘लभ्ली हिल’
धौलागिरी हिमाललाई नाङ्गो आँखाले देख्न सकिने रमणीयस्थल लभ्ली हिल पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइभरी छरिएका फोहोर देखेर दिक्दार हुनेगरेका छन् ।
पातले छाँगोको व्यवस्थापनमा महानगरको चासो
पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् ।
सुन्दर पर्यटकीय गन्तव्य खयर ताल
हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।
पर्यटक बढेसँगै गलेश्वरमा ठुला होटल
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालीगण्डकी कोरिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रूपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्वारका रूपमा समेत परिचित गलेश्वरधाम दर्शनका लागि पछिल्ला केही वर्षयता भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । बेनी बजारदेखि नजिक र शान्त वातावरण भएकाले बास बस्नका लागि गलेश्वर पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पर्यटक लोभ्याउँदै मनमोहक मौलिक चौमुखे घर
तस्बिरमै हेरिरहुँजस्तो लाग्ने, जोकसैको मन जित्ने मनमोहक मौलिक चौमुखे घरले पर्यटकलाई आकर्षित गरिरहेको छ । जिल्लाको पूर्वी प्रवेशद्वारको रूपमा भगवतीमाई गाउँपालिका–४ मनघरका नरेन्द्रजंग शाहीको घर हो यो ।
अब बागलुङमै घुम्न पाइन्छ चिया बगान
पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।
ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली ।
पर्यटक आगमन वृद्धि
कोरोना महामारीका कारण घटेको पर्यटन आगमन दर पछिल्लो महिना महामारीअघिकै अवस्थामा फर्किन लागेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जुलाईको तुलनामा यो वर्षको सातौँ महिनामा २९ प्रतिशतले सुधार भएको छ । सन् २०२२ को जुलाईमा ४४ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए ।
पर्यटक तान्दै रिघा उदय बुद्धविहार
वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल
वर्षातपछि मङ्गलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’
साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन ।
पर्यटन व्यवसायी नै पदयात्रामा
आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्यसम्म पु-याउन पदयात्रा सुरु गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका नयाँ पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन व्यवसायीकोपदयात्रा सुरु गरिएको हो। पहिचानमा नआएका तथा पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेका स्थलसम्म जिल्लाका पर्यटन व्यवसायी, लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तु तथा भारतका विभिन्न स्थानका पर्यटन व्यवसायीलाई पदयात्रामा सहभागी बनाइएको छ। हरेक साताको एक दिन पर्यटन व्यवसायी नै पदयात्रा गर्दै नयाँ गन्तव्यमा पुगेर ती स्थानको पर्यटन सम्भावना र अवसरका बारेमा जानकारी लिने काम भइरहेको छ।
पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो ।
म्याग्दीमा उनन्तिस हजारभन्दा बढी पर्यटक
गत आर्थिक वर्ष २०७९/८० मा २९ हजारभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् । आव २०७८/७९ मा सात हजार ९२६ जनाले भ्रमण गरेका थिए ।
दृष्टिविहीनले गरे प्याराग्लाइडिङ
सोमबार दिउँसो प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँमा भिडभाड थियो । भीडकै माझ थिए, फरक खालका यात्रुहरू । दुई विदेशीसहित १० नेपाली दृष्टिविहीन प्याराग्लाइडिङमा कास्कीकोटको मान्द्रढुंगाबाट चढेर त्यहाँ उत्रिएका थिए ।
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ
भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
सहृदयता र आत्मीयताका पर्यायी चिनियाँ नागरिकलाई भेट्दा
आहा ! कति सुन्दर सहर । जताततै फूलैफूलको मनमोहक दृश्य । सुन्दर, शान्त, विशाल भवनहरू । जताततै हरियाली सफाचट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन् यी ।
‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।
पर्यटक लोभ्याउँदै साँखदह
वर्षाको कारण भरिएको दह, चारैतिरको हरियाली वातावरण र स्थानीय सरकारले पर्यटनमैत्री विभिन्न संरचना निर्माण गरेपछि साँखदहले आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको हो ।
पर्यटकीय क्षेत्र पाँचधारे डाँडा
भोजपुर, साउन १४ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा । तस्बिर : युवराज विष्ट:रासस
बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताउनुभएको छ ।