कलकत्ताको सुन्तला महोत्सवमा नेपाली पहिचान झल्कदै
एसीयाली राष्ट्रहरुको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा आजबाट सुन्तला महोत्सव शुरु भएको छ । ग्रामीण क्षेत्रको पर्यटनलाई माथि उकास्न भारत पश्चिम बंगालको राजधानी कलकत्तामा आयोजना गरिएको महोत्सवमा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट पर्यटन ब्यवसायी कलकत्ता पुग्नुभएको छ ।
सातौँ म्याग्दी महोत्सव पुस २८ मा हुने
निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पौषको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् ।
निर्माण हुँदै सुन्दरबजारको कोसेली घर
लमजुङको सुन्दरबजार नगरपालिकामा कोसेली घर निर्माण थालिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नगरपालिकाले कोसेली घर निर्माण थालेको जनाएको छ ।
एउटा नाउरको राजश्व बीस लाख रुपियाँ
पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको सिकार भएको छ । नेपालका चार सिकार कम्पनीमार्फत आएका विदेशी सिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम सिकार गरेका छन् ।
तमोरमा र्याफ्टिङ सुचारु
पाँचथर फिदिमको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रालिले वर्षा याममा स्थगित गरेको र्याफ्टिङ सेवा हिउँद लागेसँगै सञ्चालनमा ल्याएको छ । मङ्सिर दोस्रो साताबाट सुचारु भएसँगै तमोरमा यस वर्षको हिउँदे र्याफ्टिङमा हेलिइन चाहनेको आवागमन बढ्न थालेको छ ।
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
काठमाडौँका विकाश महर्जन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपालि भने प्याराग्लाइडिङ तान्यो ।
ओझेलमा पर्यटकीय पामडाँडा
पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो ।
सर्वाधिक पर्यटक आगमन
बितेको एक महिना (नोभेम्बर)मा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा हवाई मार्गबाट पाँच लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका छन् । विभागका अनुसार यो वर्षको नोभेम्बरमा मात्रै ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२१ को नोभेम्बर महिनाको तुलनामा झन्डै तेब्बर बढी हो । गत वर्ष नोभेम्बरमा २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए ।
पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’
उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनासलुसहित माछापुच्छ्रे लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ ।
खुम्बुमा घट्यो पर्यटकको चहलपहल
चिसो बढ्दै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक धमाधम फर्कन थालेको छन् । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाल अवलोकन गर्न आएका पर्यटक फर्कन थालेका हुन् । यहाँका पदमार्गमा विदेशी पर्यटकको आवतजावत कम हुन थालेकाले खुम्बु क्षेत्र प्रायः सुनसानजस्तै बनेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेन्जिङ–हिलारी विमानस्थलमा काठमाडौँ फर्कने पर्यटकको सङ्ख्या बढिरहेको नेपाल नागरिक उड्डयन कार्यालय, लुक्लाले जनाएको छ ।
सुकेटार–विराटनगर परीक्षण उडान
नेपाल वायु सेवा निगमले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको छ । उडान बन्द भएको करिब १४ वर्षपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको हो ।
पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा
वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ ।
करबाकेली इको ट्रेकमा सङ्ग्रहालय सञ्चालन (फोटोफिचर)
पुन (मगर) जातिको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको छ ।
३३५० मिटर अग्लो देम्बाडाँडामा गल्फ खेलको परीक्षण
ओखलढुङ्गा जिल्लाको सबैभन्दा अग्लो स्थान देम्बाडाँडामा गल्फ खेलको परीक्षण गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन हजार ३५० मिटर अग्लो देम्बाडाँडामा गल्फ खेल परीक्षण गरिएको हो ।
ध्वजेवाट सूर्योदय नियाल्दा (फोटो फिचर)
पूर्वको मुख्य पर्यटकीय स्थल मध्येको एक हो ध्वजे डाँडा । धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ मा रहेको यो डाँडा निकै मनोरम र आकर्षक स्थलको रूपमा चिनिन्छ ।
लुम्बिनीमा पर्यटक वृद्धि
गत वर्ष कोभिड–१९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन सुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ। अक्टोबर महिना सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमनले लुम्बिनी क्षेत्रको चहलपहल बढेको छ। गत वर्षको अक्टोबरको तुलनामा यो वर्षको सोही महिनासम्म पर्यटकको उल्लेख्य वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिनुभयो।
मंसिर ५ देखि पोखरा विमानस्थलमा यान्त्रिक परीक्षण उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान हुनेभएको छ । सो विमानस्थमा मंसिर ५ गतेदेखि ११ गतेसम्म परीक्षण उडान हुने तय भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।
रुप्से झरनामा आन्तरिक पर्यटकको भीड
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ ।
चितवनमा ह्वात्तै बढे पर्यटक
कात्तिक महिना शुरु भए यता चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुुसार बितेको तीन महिनाको समग्र पर्यटक आगमन भन्दा कात्तिक महिनाको पर्यटक संख्या दोब्बर भन्दा बढी छ । पर्यटकबाट भएको राजश्व आम्दानी समेत दोब्बर भन्दा बढी छ ।
पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै
पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।
अर्याल र शेर्पाको टोलीद्वारा गाङछेँपो हिमालको सफल आरोहण
नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरो चुम्न सफल हुनुभएको छ ।
पुनहिलमा पर्यटक भरिभराउ
म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकले भरिभराउ भएको छ। कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
सुन्दर बेगनास ताल
पोखरा महानगरपालिका–३१ लेखनाथको सुन्दरी डाँडाबाट देखिएको बेगनास ताल ।
चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो बनाइँदै
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शन टुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सीट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।