बिहीबार साँझदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ। विभागद्वारा बुधबार जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ।
तनहुँमा बस दुर्घटना हुँदा १५ घाइते
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
स्थानीय तहले विवरण नपठाएपछि कित्ताकाट रोकियो
बारम्बारको पत्रलाई बेवास्ता गरेको भन्दै नापी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्रका पालिकाहरूको कित्ताकाट रोक्का गरेको छ । झापाको दमक नगरपालिका सहितका पालिकाहरूको कित्ताकाट रोकेको हो ।
अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको छु : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफूले मन्त्रालय सम्हालेपछि अलपत्र परेका ठुला योजना सञ्चालन गर्न लागि परेको बताउनुभएको छ ।
तिम्बुङ पोखरी ट्रेल रनमा पाँचथरका विशाल प्रथम
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथर, फिदिम नगरपालिका–१४ का विशाल राई प्रथम हुनुभएको छ ।
मधेश प्रदेश सभा बैठक : विषयगत समिति सदस्यमा हेरफेर
प्रदेश सभामा रहेका विषयगत समितिमा हेरफेर गरिएको छ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको बुधबार बसेको ३१ औँ बैठकमा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहनु भएका सदस्यहरूको समिति हेरफेर गरिएको हो ।
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ ।
लुम्बिनीको कालीदह नाकामा एकीकृत जाँच बिन्दु सञ्चालनमा
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याइएको छ ।
कोशीलाई पुलिसको झट्का
एन्फा महिला लिगमा उच्च लयमा देखिएको कोशी प्रदेशलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।
मनकामना केबुलकार असोजबाट सञ्चालनमा आउने
मनकामना केबलकार असोज १ गतेबाट पुन नियमित रूपमा सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले बुधबार एक सूचना जारी गर्दै २ महिनापछि मनकामना केबुलकार स्तरोन्नति गरी पुन सञ्चालनमा ल्याउन लागेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो ।
यु–१९ टोलीको प्रशिक्षणका लागि २९ खेलाडी छनोट
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटका लागि २९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
भारतकी अनुश्रीले चितवनबाट खेल्ने
एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
दुर्घटनाका मृतकको पहिचान खुल्यो
छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप दुर्घटना हुँदा ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको छ ।
जबजलाई अङ्गीकार गर्दै समाजवादतर्फ अघि बढिरहेका छौँ : एमाले सचिव भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)लाई अङ्गीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताउनुभएको छ।
सुवासकाे नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्नुभएको छ।
५० औँ दीक्षान्त समारोहको लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ ।
सुदूरपश्चिमको विकासमा लागिपर्छु : परराष्ट्रमन्त्री डा. राणा
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उहाँले आज यहाँ आफूले विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध छौं : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बागमती प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।
विपक्षीको अवरोधपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।
दिवा खाजामा रैथाने परिकार प्रयोगबारे सुझाव माग
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजामा रैथाने परिकार प्रयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ ।
दोहोरो नागरिकता लिन खोज्ने एक पक्राउ
नवलपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नम्बर १० का तिलप्रसाद टोमटाका छोरा ३९ वर्षीय टिकाप्रसाद टोमटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैन : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ ।
पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख र घाइतेको निःशुल्क उपचार
सरकारले पाँचथरको फालेजुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ ।