स्थानीय पाठ्यक्रम ‘हाम्रो दार्मा नामक’
दार्मा गाउँपालिका सल्यानले हाम्रो दार्मा नामक पाठ्यक्रम तयार गरेको छ । आधारभूत तह कक्षा ६–८ को स्थानीय पाठ्यक्रम हाम्रो दार्मा तयार गरी सञ्चालन ल्याएको हो ।
निर्माण क्षेत्रकी साहसी महिला गौमती
डेढ दशकअघि निर्माण क्षेत्रमा मजदुर भएर भित्रिनुभएकी रोल्पाकी गौमती बुढामगरले अहिले सफल निर्माण व्यवसायीको परिचय बनाउनुभएको छ । उहाँ महिलाले पनि निर्माण क्षेत्रमा काम गरेर सफल व्यवसायी बन्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ । ३८ वर्षीय गौमतीले १५ वर्षको यो अवधिमा विभिन्न आयोजनामा कठिन र चुनौतीपूर्ण कामको जिम्मा लिएर सम्पन्न गरिसक्नुभएको छ । गौमतीसँग भिर पहरामा झुन्डिएर काम गरेको अनुभव छ । ऊबेला मनाङको चामे सडक निर्माणका लागि श्रीमान् सहवीर घर्तीमगरसँगै गौमती मजदुरी गर्न जानुभएको थियो । त्यहाँ पाँच वर्ष मजदुरका रूपमा उहाँले सडक निर्माणको काम गर्नुभयो । गौमतीले रोल्पालगायत अन्य जिल्लाबाट सडक निर्माणका लागि आवश्यक पर्ने जनशक्तिको बन्दोबस्तीको कामसमेत गर्दै आउनुभएको थियो । मनाङको सडक निर्माणको काम सकेपछि २०७०
माथिल्लो अरुण जलविद्युत् परियोजना ‘नेपालले नै बनाउने’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् परियोजना नेपाल सरकारले नै निर्माण गर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठक चौंथो अधिवेशनको २९ औं बैठक हो ।
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ ।
विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम प्रभावकारी
सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि विद्यार्थीहरुको चाहना बुझ्न लहान सिटी जेसिसको आयोजनामा सुरु भएको विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम प्रभावकारी हुँदै गएको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
प्रशासकीय भवन अलपत्र
निर्माण कम्पनीका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवन अलपत्र परेको छ । २०७७ साल असोज ३० गते ठेक्का सम्झौता भई २०७७ पुस ९ गते शिलान्यास भएको भवन अलपत्र अवस्थामा पुगेको हो । न्यायिक इजलाससहितको सुविधा सम्पन्न भवन बन्ने गरी वडा नम्बर ५, छत्रगन्जमा निर्माणाधीन भवनको पाँच करोड ३० लाख ४७ हजार रुपियाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौँले ठेक्का पाएको भए पनि भुसाल निर्माण सेवाले काम गर्दै आएको थियो ।
आफूलाई खुसी राख्नु नै मनोरोगको उपचार
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले एक वर्षमा करिब सत्र हजार मनोरोगका बिरामीको उपचार गरेको छ । विश्व आत्महत्या रोकथाम
क्षयरोगबाट तनहुँमा १४ जनाको मृत्यु
तनहुँमा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१मा क्षयरोगबाट सङ्क्रमित भएका आठ पुरुष र छ महिला जना महिला गरी सो सङ्ख्यामा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।
भूकम्पपीडितलाई बर्खामा थप पीडा
जाजरकोट र रुकुमपश्चिमका बासिन्दा भूकम्पपछि आवासविहीन भएका छन् । जसले गर्दा भूकम्पपीडितले झन् पीडा भोग्नु परिरहेको छ । हिउँदमा त्रिपालमुनि, गर्मीमा टिनको छानामुनि बस्दै आएका पीडित मनसुनजन्य घटनाले थप पीडित भएका छन् । भिरालो जमिन भूकम्पले धाँजा फाँटेका पहाडमुनिका बस्तीका बासिन्दालाई दिनरात बिताउन मुस्किल भएको छ ।
शैक्षिक सुधारको प्रयास, सार्वजनिक शिक्षा सम्मेलन सुरु
खस्कँदै गएको कर्णाली प्रदेशको सार्वजनिक शिक्षा सुधारका लागि सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली प्रदेशको सार्वजनिक शिक्षाको अवस्था, चुनौती र आगामी कार्यदिशाका बारेमा निष्कर्ष निकालिने छ ।
प्रयोगमा आउन थाल्यो कम्प्युटर शिक्षा
सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा पुनः प्रयोगमा ल्याउन थालिएको छ । राष्ट्रिय पाठ्यव्रmम प्रारूप–२०७६ ले खारेज गरेको कक्षा ६ र ८ को अनिवार्य कम्प्युटर शिक्षा अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ । अहिले कक्षा ६ देखि १० सम्म अनिवार्य रूपमा विज्ञान तथा प्राविधिक शिक्षाका रूपमा विकास गरेपछि कम्प्युटर शिक्षा प्रयोगमा आउन थालेको हो ।
घरमै जन्मिन्छन् अधिकांश शिशु
कर्णाली प्रदेशमा अझै पनि २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार प्रदेशभर २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । सर्वेक्षण अनुसार ७२ प्रतिशत बालबालिकाको जन्म स्वास्थ्य संस्थामा हुने गरेको छ । नेपालमा ७९ प्रतिशत शिशु स्वास्थ्य संस्थामा जन्मने गरेका छन् । नेपालभर अझै पनि २१ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । कर्णालीमा भौगोलिक विकटता, चेतनाको अभावका कारण घरमै सुत्केरी हुनेको सङ्ख्या धेरै छ । पछिल्लो एक दशकमा स्वास्थ्य संस्थामा शिशु जन्माउने महिलाको सङ्ख्या बढे पनि अपरेसनका माध्यमबाट शिशु जन्माउने क्रम
आज संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा बुधबार उहाँलाई स्मरण गरिँदैछ । गत वर्ष आजकै दिन नेम्वाङको हृदयघातका कारण निधन भएको थियो ।
मनसुनजन्य प्रभावितले पाएनन् अनुदान
मनसुनजन्य विपत् प्रभावित तथा बाढीपीडितले घरपरिवार, सम्पत्ति गुमाएको तीन वर्ष हुँदासमेत स्थायी आवासका लागि सरकारले दिने अनुदान रकम पाउन सकेका छैनन् ।
न्यून बजेटले काममा ढिलाइ
कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम पूरा गर्न ढिलाइ भइरहेको छ । बजेट अपुगका कारण थप गरिएको समयमा पनि हुलाकीको काम पूरा गर्न सम्भव नभएको हो । हुलाकी स्तरोन्नतिको कुल लागत एक अर्ब ६१ करोड रुपियाँ रहे पनि सरकारले एकमुस्ट बजेट उपलब्ध गराएको छैन । चालु आर्थिक वर्षमा ३२ करोड रुपियाँ हुलाकी राजमार्ग स्तरोन्नतिका लागि पठाइएको थियो । जसमध्ये २२ करोड रुपियाँ गत आवकै बक्यौता भुक्तानीमा सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।
खोल्सोले बगाएर बालिकाको मृत्यु
मकवानपुर मनहरी गाउँपालिका ८ सिमपानीस्थित मोरङ्गे खोल्सोले बगाएर विद्यालयबाट फर्कदै गरेको एक बालिकाको मृत्यु भएको छ ।
आत्महत्याका घटनामा देउतालाई दोष
यस वर्ष जिल्लाका विभिन्न स्थानमा ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । आत्महत्या रोकथाम गर्न मनोपरामर्श र मानसिक स्वास्थ्य उपचार आवश्यक परे पनि रूढिवादी परम्पराले देउताको दोष हो भन्दै मानसिक रोग निको पार्न देउतालाई भाकल गर्ने, बोका काट्ने, मन्दिरमा घन्ट चढाउने कुप्रचलन अझै हट्न सकेको छैन । गएको पाँच वर्षमा बैतडीका १६४ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार यहाँ हरेक एक महिनामा दुई जनाले आत्महत्या गरेको पाइएको छ ।
भीरकोट र किचनासमा कांग्रेसले बेसाहाराको घर बनाउने
। नेपाली कांग्रेसले भीरकोटको वडा नं.–६ र विरुवा –५ किचनासमा विपन्न तथा बेसाहाराको घर बनाइदिने भएको छ । कांग्रेस भीरकोटले घरबारविहीन वडा नं. ६ चिउरेनी निवासी प्रेमबहादुर माझीलाई घर बनाइदिने भएको हो ।
हुप्सेकोट पहिरो विस्थापितको आशा अधुरै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका-५ बागखोरमा गएको पहिरोबाट विस्थापित १८ परिवार तीन वर्षदेखि अस्थायी शिविरमा बस्न बाध्य छन् । विसं २०७८ असार २४ गते पहिराले विस्थापित भएका परिवारको हालसम्म स्थायी बसोबासको टुङ्गो लागेको छैन ।
समावेशी ग्रामीण विकासका लागि कोरियाले एक अर्ब बढी सहयोग गर्ने
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ ।
नुवाकोटको साततले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ
भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो ।