• ७ मंसिर २०८१, शुक्रबार

स्थानीय पाठ्यक्रम ‘हाम्रो दार्मा नामक’

blog

स्थानीय पाठ्यक्रम हाम्रो दार्मा नामक पुस्तकको एक कार्यक्रमका बिच विमोच गरिँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, भदौ २६ गते । 
दार्मा गाउँपालिका सल्यानले हाम्रो दार्मा नामक पाठ्यक्रम तयार गरेको छ । आधारभूत तह कक्षा ६–८ को स्थानीय पाठ्यक्रम हाम्रो दार्मा तयार गरी सञ्चालन ल्याएको हो । हाम्रो दार्मा नामक पाठ्यक्रममा दार्माको कला, संस्कृति र सम्पदा, कृषि उत्पादन, मौलिकता, रीतिरिवाज, भाषा, विकासका पूर्वाधार, पेसा व्यावसाय प्राविधि, शिक्षा जीवनोपयोगी सीप, हाम्रो वातावरण र विपद् व्यवस्थापन विषय समेटिएको छ ।

पाठ्यपुस्तकको रूपमा अध्ययन हुने पाठ्यक्रमलाई व्यावहारिक र प्रयोगात्मक विधिबाट अध्यापन गराउने विधिलाई जोड दिइएको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले हाम्रो दार्मा नामक पाठ्यक्रममा रहेका विषयलाई स्थानीयकरण गरिएको पनि बताउनुभयो ।  उहाँका अनुसार राष्ट्रिय पाठ्यक्रममा नसमेटिएको विषयलाई स्थानिय पाठ्यक्रममा समेटिएकाले यसबाट विद्यार्थीले धेरै कुरा सिक्नेछन् ।

दार्मा गाउँपालिकाभित्र रहेका शिक्षण संस्थामा यस अघि १ देखि ५ सम्मको स्थानिय पाठ्यक्रम निर्माण गरेर सञ्चालन भइरहेको छ । शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले स्थानीय पाठ्यक्रम तयारी विद्यालयमा पठनपाठन गरिरहेको वताउनुभयो ।

एक कार्यक्रमका बिच सल्यानको दार्मा गाउँपालिका सल्यानले आधारभूत तह कक्षा ६–८ को स्थानिय पाठ्यक्रम हाम्रो दार्मा सन्दर्भ सामग्री विमोचन गरेको छ । पाठ्यक्रम निर्माण तथा लेखन समिति निर्माण गरेको पाठ्यक्रमलाई अन्तिम रूप दिएर विमोचन गरिएको हो ।

स्थानीय पाठ्यक्रमको दार्मा गाउँपालिकाक अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल चन्द, प्रमुख प्रमुख प्रशासकिय अधिकृत रेशम ओली र जनज्योति माध्यमिक विद्यालय फारुलाचौरका प्रधानाध्यापक मीनबहादुर वली लगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो ।