नदी कटान रोक्न बाँस र घाँस
कैलालीको मोहना र खुटिया नदी किनारमा बाँस र घाँस रोप्ने अभियान सुरु गरिएको छ । यी नदीले कटान गर्दै आएको धनगढी उपमहानगरपालिकास्थित विभिन्न वडामा चाँप जातको बाँस, अम्रिसो र डाले घाँस रोप्ने अभियानको थालनी गरिएको हो ।
ठिनीको हिउँ चितुवा गुफा
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफा (स्नो लियोपार्ड केभ) । हिउँ चितुवाको बासस्थान क्षेत्रमा रहेको यस गुफाको नाम पनि स्नो लियोपार्ट केभ राखिएको हो ।
स्थानीय तहमा बेथिति : आम्दानीभन्दा दुई सय प्रतिशत बढी खर्च
जिल्लाका स्थानीय तहले आन्तरिक आम्दानीभन्दा दुई सय प्रतिशत रकम सेवा सुविधामा खर्च गर्ने गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
आत्महत्या गरिहाल्ने पुरुष, प्रयास गर्नेमा महिला
कर्णाली प्रदेशमा मङ्सिर महिनामा बढी आत्महत्या हुने गरेको पाइएको छ । प्रदेश प्रहरीको तथ्याङ्कले १२ महिनामध्ये मङ्सिर महिनामा सबैभन्दा धेरै आत्महत्या हुने गरेको उल्लेख छ । सामाजिक विकास मन्त्रालयले आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशमा कुल ३२४ जनाले आत्महत्या गरेकोमा मङ्सिर महिनामा सबैभन्दा धेरै ३७ जनाले आत्महत्या गरेको जनाइएको छ ।
बिजुलीको तारमा खानेपानी पाइप
जाजरकोट सदरमुकाम खलङ्गामा बिजुलीको तारमा खानेपानीको पाइप राखिएको छ ।
पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी
पछिल्लो समय सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिक्षा आर्जनले प्रयोगात्मक रूपमा प्रयोगमा ल्याउने सिप भएन भने त्यसले खास अर्थ राख्दैन । यही कुरालाई व्यवहारमा उतार्ने प्रयासमा कावासोतीका सामुदायिक विद्यालय लागिपरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै
पर्वत जिल्लामा सुत्केरी गराउनेभन्दा गर्भपतन गराउने सङ्ख्या बढी छ । पछिल्लो तीन वर्षदेखिको तथ्याङ्क हेर्दा जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्या उच्च रहेको पाइएको हो । स्वास्थ्य कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७९२ जना सुत्केरी भएका थिए भने सोही अवधिमा एक हजार १४ जनाले गर्भपतन गराएका हुन् । आव २०७९/८० मा ६८९ जना सुत्केरी भएका थिए भने सोही अवधिमा ९६३ जनाले गर्भपतन गराएको पाइएको छ ।
मोहीसँगको सहमति कार्यान्वयन
विगतमा सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै स्वर्गद्वारी गुठीका मोही किसानले घोराहीमा प्रदर्शन गरेका छन् । सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै बुधबार घोराहीमा विरोध प्रदर्शन गरेका मोही किसानले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।
दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया
पश्चिमका तीन प्रदेशका बिरामीले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो । अस्पतालमा न्युरो सर्जन डा. सुबोध गौतम आएपछि अहिले न्युरोसम्बन्धी जटिल रोगको उपचारसमेत हुन थालेको अस्पतालले जनाएको छ ।
दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनःनिर्माण
सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनःनिर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो ।
शिवधाम निर्माणका लागि एक लाख प्रदान
गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गर्नुभएको हो ।
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
मकवानपुरमा छ सय चार उद्योग बन्द
मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।
साईपुरको धानखेत फाँट
दाङ, भदौ २७ गते । दाङको घोराही उपमहानगरपालिका- १२ स्थित साईपुरको धानखेतको फाँट, घोराही–रक्षाचौर सडकखण्ड र आसपासको दृश्य । तस्बिरः रासस
सार्वजनिक प्रसारण
सरकारी सञ्चार माध्यमहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनलाई एकीकृत गरी एउटै छाता संस्था बनाएर समयसापेक्ष सञ्चालन गर्ने सम्बन्धमा बहस हुँदै आएको दशक भयो । सरकार परिवर्तनका क्रममा अघिल्लो सरकारले अघि सारेका अवधारणालाई पन्छाउने प्रवृत्तिसमेत छ । कतिसम्म भने सरकारको वार्षिक बजेटमा समेत उल्लेख भएका कतिपय योजना हराउँछन् । यद्यपि आमसञ्चार माध्यमहरूलाई परिवर्तित सन्दर्भ र समयानुकूल सुधार
विकासका मूलभूत आधार
विकास आफैँमा बहुआयामिक जटिल प्रक्रिया हो । यो विश्वव्यापी चासो र चुनौतीको विषय बनिरहेको छ । विकासका लागि बृहत् विचार–विमर्शसहित अनुसन्धानमा आधारित सघन गृहकार्य आवश्यक हुन्छ । यसका लागि विकासको सोचमा स्पष्टता हासिल गरेर आफ्नो आवश्यकता र परिवेशको वस्तुनिष्ठ विश्लेषणसहितको विकासको समग्र मार्ग चित्र र तदनुरूपको नीति तथा योजना चाहिन्छ । हाम्रो विकासको अभ्यास सीमित मानिसको हतारोको गृहकार्य र राजनीतिक बजारमा ताम
समाजवाद र लोहिया
‘समाजवाद’ नै नेपालका राजनीतिक दलको घोषित राजनीतिक सिद्धान्त रही आएको छ । राजनीतिक दलहरूको आन्तरिक बैठक, प्रशिक्षण र खुला जनसभामा पनि समाजवादलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गरिन्छ तर व्यवहारमा भने समाजवाद लागु गर्न सकिएको छैन । यसको मूल कारण भनाइ र गराइमा भिन्नता देखिनु हो । सैद्धान्तिक रूपमा देशका प्रायः सबै जसो राजनीतिक दलहरूले खुला अर्थतन्त्रको नीतिलाई आत्मसात् गरिसकेका छन् । यसले अब समाजवाद लागु गर्न कठिन छ । केवल यो नारामा मात्रै सीमित रहने सम्भावना छ ।
जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
बलेरो जिपको ठक्करबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ । व्यास मार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा ठक्कर दिँदा सोही ठाउँकी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्यको मानवशास्त्र
मानव शास्त्रीय दृष्टिकोणबाट हेर्दा स्वास्थ्य मानिस वा समुदायको एउटा भौतिक, मानसिक र सामाजिक अवस्था हो । यो जटिल जैविक, वातावरणीय र सामाजिक, सांस्कृतिक पक्षसँग अन्तरसम्बन्धित हुन्छ । स्वास्थ्य केवल रोगको अनुपस्थिति वा अभाव मात्र होइन, यो पूर्ण भौतिक, मानसिक र सामाजिक. अवस्था हो । त्यसैले मानव शास्त्रीले स्वास्थ्यलाई दैनिक काम गर्ने, सामाजिक भूमिका निर्वाह गर्ने र सांस्कृतिक अपेक्षा पूरा गर्ने अवस्था र क्षमतासँग सम्बन्धित हुने कुरामा बढी जोड दिन्छन् ।
मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ ।
पत्रकारितामा विश्वसनीयता
पत्रकारिता पेसाको प्रमुख उद्देश्य नै आदर्श समाज स्थापना गर्नु हो । पत्रकारिताका माध्यमबाट आदर्श समाज स्थापनाका लागि सही सूचना, सत्शिक्षा र उत्प्रेरणादायी खुराक पस्कने काम गरिन्छ । यस अर्थमा पत्रकारिता समाजको ऐना हो । विश्वमै शक्तिशाली र गरिमामय मानिएको पत्रकारिता पेसा नेपालको सन्दर्भमा सोचेअनुरूप विश्वसनीय हुन सकिरहेको छैन, जसले नेपाली पत्रकारिताको व्यावसायिक उन्नतिमा समेत आशातीत सफलता चुमेको पाइँदैन । यसर्थ नेपाली पत्रकारितामा सबै पक्षबाट विश्वसनीयता बढाउनुपर्ने आवश्यकता खड्किँदै छ ।
जापानबाट फर्केर च्याउ खेतीमा कमला
गुल्मीमा च्याउ खेती गर्नेमा रेसुङ्गा नगरपालिका–८ की कमला भलामीको नाम अग्रणी स्थानमा आउँछ । करिब तीन वर्ष जापान बस्नुभयो । कमाइ राम्रै थियो तर बचत भइरहेको थिएन । त्यसपछि उहाँ सन् २०११ मा गाउँ फर्केर अलि अलि बचत भएको रकमले आफ्नै उद्योग सुरु गर्नुभयो । घरमा गाईभैँसी, बाख्रा, बङ्गुरका साथै कुरिलो खेती पनि सुरु गर्नुभयो । अहिले गाईभैँसी र बङ्गुर सबै हटाएर च्याउ खेतीमा ध्यान दिनुभएको छ । दुई वर्षदेखि श्रीमान् रमेश भलामी पनि घरमै हुनुहुन्छ । दुवै जनाको प्रयासले व्यवसाय फस्टाएको छ ।