तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ ।
सबैपक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाओस् : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले उधौली, यःमरी पुन्ही तथा धान्यपूर्णियामा पर्व २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा
विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ ।
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा धान्यपूर्णिमाको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले धान्यपूर्णिमा, उँधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवस : उपराष्ट्रपति यादव
काठमाडौँ, मङ्सिर ३० गते । उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवसले एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने उपराष्ट्रपति राम सहाय प्रसाद यादवले बताउनुभएको छ । यो दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शुभकामना सन्देशमा नेपालमा किराँत समुदायले मनाउने महान् पर्व उँधौली र नेवार समुदायले मनाउने यमरीपुन्हींः (धान्यपूर्णिमा) एवं ज्यापु दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
वायु प्रदूषणको जोखिम
प्राकृतिक स्रोतसाधनको अति दोहनले सीमित मानिसले अकुत धन आर्जन गरे पनि पृथ्वीको मौलिक चरित्रलाई भने खियाइरहेका छन् ।
निजी संस्थाको भ्रष्टाचार छानबिन
निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने वा नदिने भन्ने विषयमा अहिले बहस सुरु भएको छ ।
योमरी पुन्हीको विशेषता
नेपाल अधिराज्य बहुउद्देश्यपूर्ण संस्कृतिका अनुयायीको निवास हो ।
बिआरआईमा हस्ताक्षर महत्वपूर्ण
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ देखि २० सम्म मित्रराष्ट्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभयो ।
एड्स निर्मूल गर्ने मार्गचित्र
दिगो विकासका लागि एचआइभी/एड्स चिन्ताको विषय बनेको छ ।
सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्याएको छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल
काठमाडौँ, मङ्सिर ३० गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिनुभएको शुभकामना सन्देशमा विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताउनुभएको छ ।किरात समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायको पर्व योमरी पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा यी चाडपर्व रहेको उल्लेख गर्नुभएको छ । कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किरात समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रूपमा मनाउने गर्दछन् । यस पर्वमा किरात समुदायले आफ्नो संस्कृति झल्काउने पोशाक लगाउने, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्ने अध्यक्ष दाहालले स्पष्ट पार्नुभएको छ ।उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व योमरी पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासका साथ यो पर्व मनाउने चलन रहेको बताउनुभएको छ । “हाम्रो देश नेपाललाई संविधानमा बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्रका रूपमा परिभाषित गरिएको छ । हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, आस्थाअनुसार धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ”, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ । हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उहाँले अलगअलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएको बताउनुभएको छ ।
उधौली पर्वः योमरी पुन्हि (ज्यापु दिवस) धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना
नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अख्तियारका कर्मचारीलाई नै खामभित्र घुस
सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निकायका रूपमा चिनिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
एमालेलाई बलियो शक्ति बनाउनुको विकल्प छैन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय संगठन विभागको आयोजनामा शनिबारदेखि सुरु भएकोराष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति अशोकराज सिग्देल आज देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलले कवाज निरीक्षण गर्नुभएको छ।
संविधान संशोधन : पूर्वप्रधानमन्त्री भट्टराई र पूर्व प्रधानन्यायाधीश कार्कीबीच भिन्न तर्क
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
राम्रो मान्छे हुन बोली र आचरण राम्रो हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा काठमाडौ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पढाइ र प्रमाणपत्रले मात्र मान्छेको मूल्याङ्कन हुन नसक्ने बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय (केयु) को ३० औ दीक्षान्त समारोहमा शनिबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अनलाइन मिडिया जिम्मेवार बन्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउने तयारी गरेको बताउनुभएको छ ।
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
एनपिएलः पोखराद्वारा काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत
नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ
भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।