पाँच पटक म्याद थप्दा पनि बनेन
फेदाप गाउँपालिका–५, इसिबुमा निर्माणाधीन स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र छ । पाँचौँ पटकसम्म म्याद थप्दासमेत काम अगाडि बढेको छैन ।
कटान तीव्र भएपछि श्रीलङ्का टापुका एक दर्जन घर सारिँदै
सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि कोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो ।
पूर्वसूचनाले जोगियो मानवीय क्षति
पूर्वसूचना छिटो प्राप्त हुँदा मुस्ताङको कागबेनीमा ठुलो जिउधनको क्षति हुनबाट जोगिएको छ। आइतबार राति करिब साढे ७ बजे मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई माथिल्लो लेकको जोङगाउँबाट फोन आयो। फोनमा भनिएको थियो, “ठुलो पानी प-यो, यता ठुलो बाढी आएको छ, त्यता सतर्क रहनुहोला।”
सबै विषयमा छानबिन गर्न दिन प्रमको प्रस्ताव
सत्तारूढ गठबन्धनको बैठकले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेका बेलामा फेरि उच्चस्तरीय समिति बनाउनु भनेको अहिले भइरहेको अनुसन्धानलाई प्रभावित पार्नु हो भन्ने निष्कर्ष निकालेको हो।
श्रमिकको न्यूनतम पारिश्रमिक सरकार आफैँ तोक्ने तयारीमा
श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको धेरै पटकको बैठकमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबिच सहमति हुन नसकेपछि मध्यमार्गीको भूमिकामा रहेको सरकारले अन्तिम निर्णय लिने तयारी गरेको हो ।
संसद्को सात महिना तदर्थमै
प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । पछिल्लो तीन सातायता त राजनीतिक रूपमा समेत संसद् बन्धक छ ।
बन्धक बनाई फिरौती असुल्ने पक्राउ
बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन दिएर काठमाडौँमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन्। बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयले आरोपितलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका छ जना बङ्गलादेशी नागरिकलाई उद्धार गरेको छ। गिरोहले वैदेशिक रोजगारीमा लैजाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याएर काठमाडौँका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो।
मुस्ताङको कागबेनीमा बाढीले १० घर सहित निर्माणाधीन पुल बगायो
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।
अगाडि बढेन मेट्रो सिटी योजना
उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकाको एकीकृत विकासका लागि उपत्यकामा मेट्रो सिटी निर्माण गर्न सरकारलाई प्रस्ताव गरेको थियो । उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित तीनै तहका सरकार र निकायबिच समन्वय तथा सहकार्य गर्न एवं साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न आयोगले उपत्यकालाई मेट्रो सिटी निर्माण गर्न सिफारिस गरेको थियो ।
रुख काट्ने वन समूहकै अध्यक्ष सहित ४ पक्राउ
सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ ।
भारतीय नागरिकको सर्लाहीमा हत्या, टाउको खोलामा शरीर जङ्गलमा भेटियो
हत्य गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उहाँको पहिचान भएको हो ।
आँखा पाकेकालाई उडानमा कडाइ
आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन। आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्। तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ।
विद्यालय व्यवस्थापन समिति विघटनको निर्णय प्रमाणीकरण
सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) विघटन गरेर सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा नयाँ समिति गठन गर्ने गरी काठमाडौँ महानगरपालिकाको नगर सभाले गरेको निर्णय प्रमाणीकरण भएको छ ।
बाढीपहिरोबाट बच्न उच्च सावधानी
देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका घटना सुरु भएकाले सरकारका सबै निकायलाई सतर्क बनाइएको छ। गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकाय उच्च सावधानीमा छन्।
पुरानै स्वरूपमा यज्ञमती र चखुँचाखोला
दुई वटा ह्युमपाइपभित्र सीमित गरिएका यज्ञमती र चखुँचाखोलाको उत्खनन सुरु गरिएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलाको उत्खनन शुक्रबारदेखि सुरु गरिएको हो । काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच तीनबुँदे सहमति भएपछि खोला उत्खनन थालिएको हो । धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले दुई वटा डोजर प्रयोग गरी खोला उत्खनन सुरु गरेको छ ।
२२८ प्राविधिक शिक्षालय बन्द
विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन् । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन् ।
भौतिक पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा समय र लागत दुवै बढ्यो
‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ ।
कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
शिक्षा ऐन सच्याएर सदनमा पेश गर्दैछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ ।
५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ
काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताउनुभयो ।
कर्णालीबाट अख्तियारमा बढ्यो उजुरी
कर्णाली प्रदेशबाट अख्तियारमा उजुरी बढेको बढ्यै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार गत तीन आर्थिक वर्षमा प्रदेशका १० जिल्लाबाट विभिन्न माध्यमबाट चार हजार ७३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। आयोगको सुर्खेतस्थित कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा दोब्बर सङ्ख्यामा अनियमितताका उजुरी परेका छन्। आव २०७७/७८ मा एक हजार २८२ वटा उजुरी दर्ता हुँदा आव २०७८/७९ मा एक हजार ४३२ उजुरी दर्ता भएका थिए। गत आव २०७९/८० मा यो सङ्ख्या दोब्बरले बढेर दुई हजार ८२ पुगेको थियो।
गुराँस संरक्षण अभियान
प्रत्येक शनिबार आउनेबित्तिकै हातमा गुराँसका बिरुवा बोकेर सडक छेउछाउ पुग्नुहुन्छ, म्याङ्लुङ नगरपालिका–६ का मित्र नेपाली । उहाँले मध्यपहाडी लोकमार्गको दायाँबायाँ गुराँसका बिरुवा रोप्न थाल्नुभएको दुई वर्ष भयो । राष्ट्रिय फूल लालीगुराँस संरक्षण गर्ने उद्देश्यले नेपालीले सुरु गर्नुभएको गुराँसको वृक्षरोपण अभियानमा अहिले गाउँले र छिमेकीले पनि साथ दिन थालेका छन् ।
यज्ञमती र चखुँचाखोला अब पुरानै स्वरूपमा, आजदेखि डोजर चलाइने
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ। काठमाडौँ महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको हो। महानगरको टोली बिहीबार पुरिएको खोला खोल्न गए पनि स्थानीयको अवरोधका कारण काम अघि बढ्न सकेन। शुक्रबार बिहानदेखि चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ। काठमाडौँ महानगरप्रमुख बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबिच बिहीबार दिउँसो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको छ।