• १३ साउन २०८१, आइतबार

काँग्रेसले गर्‍यो संसद्को बेल घेराउ, अर्को बैठक आइतबार ११ बजे

blog

संसद्‍को वेल घराउ गर्दै नेपाली कांग्रेसका सांसद । तस्बिर : संघीय संसद्‍ सचिवालय ।

काठमाडौँ, चैत २ गते। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद्को बेल घेराउ गरेको छ।

शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदले संसद्को बेल घेराउ गरेका हुन्।

उनीहरुले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्।काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ।