सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै
सामाजिक सुरक्षा कोषमा योगदानसहित आबद्ध हुनेमा वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा नै स्वरोजगारको आकर्षण उच्च देखिएको छ। २०७९ चैत ८ गते वैदेशिक रोजगारका लागि कोषमा आबद्ध गराउन थालिएकोमा हालसम्म कोषमा आबद्ध हुनेको झन्डै आधा सङ्ख्या पुग्न लागेको छ। सरकारले २०७५ मङ्सिर ११ गते सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आबद्धता थालेको हो।
कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव
सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको छ। यसअगाडिको मस्यौदामा ऐन जारी भएकै मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० वर्ष बनाउने प्रस्ताव गरिएको थियो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मस्यौदा तयार गर्ने क्रममा अनिवार्य अवकाश उमेर हदलाई ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको जनाएको छ। सरकारले यस अगाडि गरेको प्रस्ताव भने ऐन जारी भएको मितिदेखि अनिवार्य अवकाश उमेर कर्मचारीको एक वर्ष बाँकी भए छ महिना मात्र थप्ने, डेढ वर्ष बाँकी भए एक वर्ष र दुई वर्ष बाँकी हुँदा मात्र दुई वर्ष थपिने गरी प्रस्ताव गरेको थियो।
सुरक्षा प्राप्त गर्न रक्षासूत्र अर्थात् रक्षाबन्धन
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
आज ‘गाईजात्रा’ मनाइँदै
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।
सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो टोली
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा सहयोग पु-याउने गरी विशेष अनुसन्धान टोली खटाउनुभएको हो।
नेपालमै उत्पादित जनै पर्याप्त, राखी भारतबाट आयात
जनै पूर्णिमामा खपत हुने जनैको अधिकांश उत्पादन नेपालमै हुनेगरेको छ । जनैपूर्णिमामा शास्त्रीय मान्यताअनुसार बैदिक बिधिबाट बनाएको जनैको प्रयोग बढी हुनेगरेको छ ।
सिरहामा एमाले सचिवालय बैठक: विशेष प्रस्ताव पारित
नेकपा (एमाले) को सचिवालय बैठक सिरहाको धनगढी नगरपालिका-४ सर्रे अम्बासमा बसेको छ। बैठकले विशेष प्रस्ताव पारित गरेको छ।
एमसिसी परियोजना कार्यान्वयनमा
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ ।
एमसीसी कार्यान्वयन स्वाभाविक ढङ्गले हुन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) स्वाभाविक ढङ्गले कार्यान्वयन हुने बताउनुभएको छ।
राष्ट्रपति पौडेलसमक्ष राजदूत थापाद्वारा शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोकबहादुर थापाले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
विद्युत् नियमित नहुँदा सास्ती
सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् । विशेष गरी साँझको समयमा धेरै मात्रामा विद्युत् कटौती हुने गरेको स्थानीयवासीको गुनासो छ । सोमबार साँझ मात्रै दर्जनौँ पटक विद्युत् काटियो । गर्मीले प्रभावित भइरहेका स्थानीयवासी यसरी बारम्बार बत्ती गइरहने समस्याले हैरान भएका हुन् ।
ज्ञानेन्द्रको अवकाश
साउन १९ गते दिउँसो २ बजे नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पत्रकार सम्मेलन गरे। त्यसको चार घण्टापछि उनी बेलायत उड्दै थिए। ४ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेका थिए। त्योबीचको समयमा उनले आफ्ना प्रशंसक र क्रिकेटप्रेमीलाई ‘सरप्राइज’ दिए। ३३ वर्षीय ज्ञानेन्द्रले अचानक अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट अवकाश लिएको घोषणा गरे। १८ वर्ष देशका लागि खेलेका खेलाडीले बहुप्रतिक्षित एसिया कप (जहाँ नेपालले पहिलो पटक खेल्दै थियो, भा
विज्ञानले के भन्छ ?
१. जाडोमा किन धेरै पिसाब लाग्छ ? जाडोयाममा शरीरका नसा चिसोका कारण खुम्चिने हुनाले रक्तसञ्चार कम हुन जान्छ र रक्तचाप बढ्छ। रक्तचाप घटाउन शरीरले रगतबाहेकका अन्य तरल पदार्थ बाहिर निकालेर रक्तसञ्चार व्यवस्थित गर्छ। यसरी हामीलाई जाडो याममा बढी पिसाब लाग्छ। २. खाना खाएपछि किन निद्रा लाग्छ ? खाना पचाउन बढी रगत आवश्यकता पर्छ तर खाना खाइसकेपछि
कच्ची सडकमा जोखिमपूर्ण यात्रा
दार्चुलाका दर्जनबढी कच्ची सडक स्तरोन्नति नहुँदा यात्रु र चालकले दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ। हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो स्थानीयको छ। कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाडा माग्ने गरेका छन्। सडकमा गाडी गुडाउन समेत खर्चिलो र जोखिमपूर्ण भएकाले जति भने पनि भाडा दिनुपर्ने अवस्था छ, यात्रु शम्भुराज जोशीले भन्नुभयो।
पशुको पञ्जीकरण गर्ने योजना
सरकारले हरेक पशुको विवरण राख्ने गरी पशु पञ्जीकरणको योजना अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय तथा सहकार्यमा पशुको पञ्जीकरणको योजना अघि सारेको जानकारी दिनुभयो। उहाँले पशु कल्याण विधेयक नै बनाएर पशुले पाउने आधारभूत अधिकारसँगै पशुको परिचयका लागि पञ्जीकरणको योजना अघि सारिएको बताउनुभयो। यो व्यवस्थासँगै आमउपभोक्ताले आफूले उपभोग गर्ने दुग्ध तथा मासुजन्य उत्पादन दिने पशुपन्छीको वास्तविक परिचय थाहा पाउने छन्। मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा पशुकल्याण विधेयकको मस्यौदा तयार पारिरहेको छ। अब केही समयमै विधेयक मस्यौदालाई सम्बन्धित निकायमा बुझाउने तयारी मन्त्रालयको छ।
सोह्र हजार घर खाली
गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले दोलखाका १६ हजारभन्दा बढी घर खाली छन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएर अनुदानमा निर्माण गरिएका अधिकांश घर पनि खाली रहेका छन् ।
मुगमकार्मारोङमा राज्यको दृष्टि अझै परेन
कर्णालीका ७९ स्थानीय तहमध्ये सडक मार्गले नजोडिएको एक मात्र पालिका हो, मुगुको मुगमकार्मारोङ गाउँपालिका। सोही पालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित छिरिङ क्याप्ने लामाले विकास, समाजसेवा र नागरिकको हकहितका लागि खट्ने जुझारु एक पाको नेतृत्वको पहिचान बनाउनुभएको छ। जिल्ला सदरमुकाम गमगढी बजारदेखि ५० किलोमिटरको मुगमकार्मारोङ पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ। भौगोलिक रूपमा दुर्गम भए पनि प्राकृतिक सौन्दर्य र बहुमूल्य जडीबुटी यार्सागुम्बाका कारणले प्रख्यातसमेत छ। प्रस्तुत छ, गाउँपालिका अध्यक्ष लामासँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुको कुराकानी–
बाढीले बगायो पुल
सोलुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिका जोड्ने मोटरेबल पुल बर्सातको बाढीले बगाउँदा स्थानीय नागरिकको जिल्ला सदरमुकामलगायत सबै बजारसँगको सम्बन्धविच्छेद भएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई तीन प्रतिशत आरक्षण
बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवामा प्रवेश गर्ने अपाङ्गता भएका व्यक्तिको अधिकारलाई खुम्च्याउँदै लगेको छ । निजामती सेवा ऐन, २०४९ ले गरेको व्यवस्थाविपरीत अपाङ्गता भएका व्यक्तिको प्रदेश निजामती सेवामा प्रवेश गर्ने अधिकारलाई खुम्च्याउने गरी प्रदेश निजामती सेवा ऐन, २०७९ बनाएको हो ।
नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो । राजधानीमा ‘स्टार्टअप नेसन २०३०’ को घोषणा गर्दै दिगो विकासका लक्ष्य पूरा हुने अवधिभित्रै सो लक्ष्य पनि पूरा गर्ने गरी अभियान अघि बढाएको घोषणा गरिएको हो ।
व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो।
अस्पतालबाट भाग्दाभाग्दै जन्मियो बच्चा
प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माउनुभएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति र परिवेश कहालीलाग्दो छ। घर फर्किने क्रममा बाजुराको बुढीगङ्गा नगरपालिका–१० को सडकमा बच्चाको टाउको बाहिर निस्केर महिला छटपटिएको देखेपछि आफूले आवश्यक कुनै सामग्रीबिना नै जन्मन नसकेर अड्केको बच्चालाई सडकमै निकालेको अनमी सिर्जना सार्कीले बताउनुभयो।
साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति
आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो । गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए ।
नौ जना सभापति निर्विरोध निश्चित
प्रतिनिधि सभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधि सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधि सभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ ।