• १३ साउन २०८१, आइतबार

अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी

blog

अस्ट्रेलिया, चैत ३ गते । अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ ।

चाल्मर्सले आर्थिक विकासका लागि समितिलाई दिएको भाषणमा अस्ट्रेलिया सरकारको तेस्रो सङ्घीय बजेट मेमा हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले विश्वव्यापी अनिश्चितता, जीवनयापनको लागतको निरन्तर दबाब र सुस्त आर्थिक वृद्धिलाई बजेटबारे सरकारको सोचका तीन ठुला चालकका रूपमा पहिचान गर्नुभयो ।

उहाँले अस्ट्रेलियाली सरकारले फलामको मूल्यमा आएको गिरावट र श्रम बजारको कमजोरीका कारण अनुमान गरेभन्दा बढी कर प्राप्तिको कारणले गर्दा ठुलो राजश्व अपग्रेडमा भर पर्न नसक्ने बताउनुभयो ।

आर्थिक वर्ष २०२१–२२ मा १३२.४ बिलियन अस्ट्रेलियाली डलर (८७.६ बिलियन डलर) को निर्यात भएको फलाम अस्ट्रेलियाको सबैभन्दा ठुलो निर्यात हो । तर चाल्मर्सले आफ्नो भाषणमा गत साता फलामको मूल्य १० प्रतिशतले घटेको बताउनुभयो । चाल्मर्सले अस्ट्रेलियाको श्रम बजार लचिलो भएको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल