पाँच वर्षमा दुई औद्योगिक ग्राम सञ्चालन
पाँच वर्षको अवधिमा दुई वटा औद्योगिक ग्राम सञ्चालनमा आएका छन् । चालु आवधिक योजनाले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य राखे पनि योजनाको अन्त्यसम्म दुुई वटा मात्र औद्योगिक ग्राम स्थापना भई पूर्ण रूपमा सञ्चालनमा आएका हुन् । अछामको मेल्लेख र तनहुँको आँबुखैरेनी औद्योगिक ग्राम सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्थानीय स्रोतको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न अघि बढाइएको परियोजनाले ग्रामीण स्थानीय तहमा उद्योगको स्थापना, विकास र प्रवर्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन् ।
कियर स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्री
लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाउनुभएको थियो ।
नारायणगढ–बुटवल सडक : काम छाडेर म्याद थप्न दौडधुप
जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए ।
‘लामखुट्टे खोज तथा नष्ट’ अभियानका लागि आठ करोड विनियोजन
सरकारले डेंगु बनाउने लामखुट्टे खोज तथा नष्ट अभियानका लागि करिब आठ करोड रकम विनियोज गरेको छ ।
मन्त्रिपरिषद् बैठकका २६ निर्णय (सूचीसहित)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले असार १७ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका २६ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको छ।
पैदल मार्ग
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको पैदल मार्ग ।
बाढीले पक्की पुल बगाउँदा सडक सञ्जालबाट टाढियो चामे
यही असार २० गते बिहीबार गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएलगत्तै मनाङमा पूर्वतयारी थालिएको छ ।
सेराप विष्ट गाउँ फर्के रे !
हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एकतमासले केराउ टिपिरहनुभएको थियो । हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नुहुन्छ ?’ भन्दै उहाँ हामी छेउ आइपुग्नुभयो ।
मधेश प्रदेश सभाको बैठक स्थगित
मधेश प्रदेश सभाको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा छलफल हुने बैठक स्थागित भएको छ । चार दलकले मुख्यमन्त्रीलाई दिएको ध्यानाकर्षण पत्र सम्बोधन नभएसम्म बजेट वक्तव्यमा छलफल हुन उचित नभएको भन्दै शुक्रबार बसेको तेस्रो अधिवेशनको १६ औं बैठक स्थगित भएको हो ।
बँधिया भाले पाल्ने किसानलाई अनुदान
दाङको राप्ती गाउँपालिकाले बँधिया (बन्ध्याकरण) गरिएको भाले पाल्ने किसानलाई अनुदान दिन थालेको छ । गाउँपालिकाले साना किसानलाई हौसला बढाउन पहिलो पटक बँधिया भाले पाल्ने किसानलाई बार्षिक रुपमा प्रतिभाले एकसय रुपियाँका दरले अनुदान उपलव्ध गराउन थालेको हो ।
लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने
किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्यूजले शुक्रबार बिहान जनाएको छ ।
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ ।
सहरमा बास, गाउँकै खान्कीमा चाख
भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आउनुभएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन ।
भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचना
जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनाहरु । विसं. २०८० कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको थियो ।
सुनको मूल्य तोलामा एक सयले वृद्धि
स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।
सुनसरीमा आँप उत्पादन घट्यो
जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
रोजेर विषय बुझेर विद्यालय
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको दुई साता बित्न लागेको छ । विद्यालयमा कक्षा ११ मा भर्नाको चहलपहल सुरु भइसकेको छ । केही विद्यालयले भर्नाको फाराम वितरण गरिरहेका छन् भने केहीले पहिलो चरणको प्रवेश परीक्षा सञ्चालनको तयारी पनि गरिरहेका छन् । यसबिचमा विद्यार्थी तथा अभिभावक कक्षा ११ मा भर्ना हुने शैक्षिक संस्थाको खोजी तथा परामर्शमा जुटिरहेका छन् । तैपनि कक्षा ११ मा आफूले पढ्ने विषय कस्तो होला ?
ज्ञान बढाउन विज्ञान
कक्षा ११ मा भर्नाका लागि तम्तयार भएर बसेका विद्यार्थी अलमलमा पनि पर्न सक्छन्– विज्ञान पढौँ वा व्यवस्थापन वा के विषय लिने होला ? स्वाभाविक हो, कक्षा ११ मा सही विषय छनोट गर्न सहज नहुन पनि सक्छ । आफन्तले भन्छन्– फलानो विषय पढ्नुहोस् । अर्काले सुझाव दिन्छन्– फलानो विषय पढेपछि सबैभन्दा राम्रो हुने छ । अनि साथीले भन्लान्– फलानो विषयको माग बजारमा निकै छ, त्यही पढ्नु पर्छ ल ? यता जाने कि उता जाने ? सही समयमा सही निर्णय गर्न सके भ
समाज बुझ्न कानुन
थाहा थिएन भनेर गल्ती गर्दैमा कानुनले छुट दिँदैन । न्यायको क्षेत्रमा एउटा उक्ति प्रसिद्ध छ, ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन । सबैले कानुन जानेकै हुनु पर्छ ।’ यो प्रसिद्ध उक्तिले कानुनी राज्यमा यसको महत्वलाई प्रस्ट पार्छ । सामान्य ज्ञान प्राप्त गर्न पुरानो पुस्ताले १० वर्ष भौँतारिनुपर्ने बाध्यतालाई प्रविधिले १० मिनेटमा छोट्याइदिएको छ । त्यसैले आजको युवा पुस्ताले विद्यालय तहदेखि नै सामाजिकशास्त्र अर्थात् कानुनको अध्ययनलाई आकर्षक विषय मान्दै आएको छ ।
एसइईपछि आइटी
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ,
कटहरियाका नगरप्रमुख, उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश, उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बल्थली फाँट र बस्ती
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित पर्यटकीयस्थल बल्थलीमा भर्खरै रोपाइँ सकिएको फाँट र सुन्तला बगैँचा ।
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङमार्ग
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका अनुसार द्रुतमार्ग अयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बर्कया र गढी गाउँपालिकामा निर्माणाधीन सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।
द्वन्द्वमा अपहरणपछि बेपत्ता श्रीमान-श्रीमतीको २० वर्षपछि भेट
सशस्त्र द्वन्द्वको समयमा खोटाङमा विद्रोही पक्षबाट अपहरणमा परेका श्रीमान २० वर्षदेखि बेपत्ता थिए।अपहरण पश्चात बेपत्ता श्रीमान र श्रीमतीको अहिले २० वर्षपछि भेट भएको छ।