कोशी प्रदेशस्तरीय फुटसल हुँदै
नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैँचा नगर समिति मोरङको आयोजनामा विराटचोकमा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ ।
ललितपुरको विजयी सुरुवात
ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) विजयी सुरुवात गरेको छ ।
प्रदीप र अभिलाषा च्याम्पियन
प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो हुनुभएको हो ।
एनपिएलको ‘कमर्सियल राइट्स’ ६ करोडमा विक्री
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ ।
अन्तर्राष्ट्रिय फुटबलबाट ग्रिजम्यानको सन्न्यास
फ्रान्सका चर्चित फुटबलर एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।
एनपिएल टोली सुदूरपश्चिमको लोगो सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले टोलीको नाम र लोगो सार्वजनिक गरेको छ ।
अधुरा योजना पूरा गर्दै प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाँकेमा अलपत्र रहेको रङ्गशाला तथा कभर्डहललाई पूर्णता दिने भएको छ । बाँकेको खजुरा गाउँपालिका –४ डीगाउँमा प्रदेश सरकारले करिब एक करोड रुपियाँ खर्च गरेको पालिका स्तरीय रङ्गशालामा तीन बर्षदेखि बजेट नपरेकोमा यसबर्ष प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
फिफा क्लब विश्वकप स्टेडियमहरूको घोषणा
फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ ।
एसिया सेभेन्स रग्बीका लागि नेपाली टोलीको घोषणा
नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ ।
कमल थापालाई दोहोरो स्वर्ण
कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा दोहोरो स्वर्ण जित्नुभएको छ । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जित्नुभएको हो ।
महिला भलिबल लिगको रौनक
नेपालमा पहिलो पटक अयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को रौनकता चुलिएको छ ।
सुदीप र कृष्णहरिको जोडीलाई उपाधि
पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौँ ब्याडमिन्टन प्रतियोगिताको खुला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईँको जोडी च्याम्पियन बन्नुभएको छ ।
लिभरपुल शीर्षस्थानमा
लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
नासाको साधारण सभाद्वारा चार प्रतिवेदन पारित
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को १०औँ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ ।
बार्सिलोनाको अपराजित यात्रामा ओसासुना बाधक
स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रामा ओसासुना बाधक बनेको छ ।
पुलिसलाई टेबलटेनिस लिग उपाधि
नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग–सिजन २ को उपाधि जितेको छ ।
ब्रिगेड ब्याइजले जित्यो पथरीशनिश्चरे गोल्डकप
पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्याइज क्लबले जितेको छ ।
नेपाल आज ओमानसँग टी–२० खेल्दै
नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा आज (आइतबार) राति ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टर सञ्चालनमा
बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम कम्युनिटीएन्ड स्पोर्ट्स सेन्टर सञ्चालनमा आएको छ ।
साफ यु–१७ च्याम्पियनसिप : नेपाल भारतसँग स्तब्ध
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ ।
एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा बेपत्ता
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माविमा पढ्ने एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोले बगाएर बेपत्ता भएका छन् ।
खेवाङ गोल्डकप कात्तिक १० गतेबाट हुने
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेवाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
झापा–११ लाई हराउँदै ब्रिगेड ब्याइज फाइनलमा
ललितपुरको ब्रिगेड ब्याइज क्लब मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।