सभापति देउवाद्वारा प्रजातान्त्रिक योद्धा ठाकुरको सालिक अनावरण
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक योद्धा अरविन्द ठाकुरको सालिक अनावरण गर्नुभएको छ ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ट्रमा सेन्टर सञ्चालन
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ज्यान जोखिममा परेका बिरामीलाई विशेष हेरचाह प्रदान गर्ने अस्पताल इकाई ‘ट्रमा सेन्टर’ सञ्चालनमा आएको छ ।
अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु
। महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा अहिले उपनिर्वाचनको चुनावी माहौलले वातावरण तातिएको छ ।
बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताउनुभएको छ । सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नु भएका सभापति देउवाले यस्तो बताउनुभएको हो ।
सुनकोशीको पानी लखन्देहीमा झार्न पहल
सर्लाहीको लालबन्दी नगरपालिकाले सुनकोशी नदीको पानी लखन्देहीखोलामा झार्नका लागि निरन्तर पहल गरिरहेको छ । निर्माणाधीन सुनकोशी–मरिण
नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ , उपयोग छैन
‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ ।
परालको जोहो
महोत्तरी, मङ्सिर १० गते ।महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित ग्रामीण सडकमा हुस्सुका बिचमा पराल बोकेर हिँडिरहेका स्थानीय एक किसान । तस्बिर ः रासस
गोलभेँडालाई राम्रो मूल्य
सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ ।
उद्यमी प्रवर्द्धनका लागि मधेश सरकारले स्टार्टअप योजना ल्याउने
जनकपुरधाममा “उद्यमशील संस्कृति, राष्ट्रिय समृद्धि” भन्ने मूल नाराका साथ १० औं उद्योग दिवस भव्यताका साथ मनाइएको छ ।
फर्निचर कारखानामा वनको छापा
महोत्तरीको सुदूर उत्तरी क्षेत्रको विभिन्न स्थानमा अवैधरुपमा सञ्चालित फर्निचर उधोगमा छापामारी सवडिभिजन वन कार्यालयका पदाधिकारीले काठ तथा फर्निचर नियन्त्रणमा लिएका छन् ।
‘मधेसलाई भ्रष्टाचारमुक्त बनाउनेगरी काम गरेका छौं’
मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले भ्रष्टाचारमुक्त मधेश बनाउनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । जनमत पार्टीको नगर कार्यालयको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताउनु भएको हो ।
ठेकेदारको बदमासी, ३१ करोडको गजेन्द्रनारायण सिंह अस्पताल भवन छ वर्षदेखि अलपत्र
तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
घुस रकमसहित सुब्बा अख्तियारको फन्दामा
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ ।
प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन
जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको रु दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ ।
विद्यालय नपुगेका मुसहर बालबालिका
लहान–१ र २ नम्बर वडामा रहेका मुसहर समुदायको बाक्लो बस्तीमा सडक किनारामा पढ्ने उमेरका बालबालिकाहरू तास खेलिरहेको भेटिन्छ । मुसहर समुदायको बालबालिकाहरूलाई विद्यालयमा नियमित पढ्न पुर्याउनुपर्ने शिक्षा र चेतनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ ।
‘यो वर्षदेखि अस्पताल सञ्चालन हुन्छ’
हरिपुर्वा नगरपालिका २०७३ फागुनमा नेपाल सरकारको निर्णयानुसार साबिक गाविस हरिपुर्वा, वसन्तपुर र धनकौल पूर्व सम्मिलित गरी गठन गरिएको नगरपालिका हो । नगरपालिका सर्लाहीको दक्षिण–
मधेशको विकास र समृद्धिको लागि कांग्रेस प्रतिबद्ध छ : कांग्रेस महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको बताउनुभएएको छ।
जिल्ला प्रशासनको सुविधायुक्त भवन तयार
सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालयको भवन तयार भएको छ । पहिले कार्यालय रहकै स्थानमा सुविधा सम्पन्न साढे तीन तले भवनको निर्माण पूरा हुन लागेको हो । केही समयभित्रै औपचारिक उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
बहदुरमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले चार महिनादेखि तलबभत्ता पाएनन्
जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् ।
सम्मान र पुरस्कारले उत्साहित पूजा
यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।
बाल दिवसको अवसरमा विदेहमा कार्यक्रम
अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
मधेशका महिलालाई वित्तीय साक्षरता तालिम
आर्थिक सशक्तिकरणका लागि मधेशका महिलाले वित्तीय साक्षरतासम्बन्धी तालिम लिएका छन् ।
विवाह पञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह
मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाह पञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ ।
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उहाँलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पु¥याउनुभयो । बबिताको पहिलो बच्चा जन्मदै थियो ।