• २३ पुस २०८१, मङ्गलबार

सुनकोशीको पानी लखन्देहीमा झार्न पहल

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर १० गते । सर्लाहीको लालबन्दी नगरपालिकाले सुनकोशी नदीको पानी लखन्देहीखोलामा झार्नका लागि निरन्तर पहल गरिरहेको छ । 

निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन आयोजना अन्तर्गतको पानी बागमती नदीमा खसाल्दा सर्लाही, महोत्तरी र धनुुषा जिल्लाका उत्तरी चुरे भेगमा सिँचाइ सुविधा नपुुग्ने भएकाले उक्त पानी पत्थरकोटस्थित लखन्देहीखोलामा खसाल्नुपर्ने माग लालबन्दी नगरपालिकाको छ । नगरपालिकाका जनप्रतिनिधिलगायतले यही माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै दुुई पटक ज्ञापनपत्र बुुझाइसकेका छन् । 

मरिण–लखन्देही डाइभर्सन योजनाका रूपमा काम अघि बढाउनुुपर्ने माग आफूूहरूको रहेको लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले जानकारी दिनुुभयो । मरिणबाट लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित लखन्देहीखोलासम्म पानी ल्याउन भन्दै विज्ञसहितको टोलीले गएको बुधबार मात्रै स्थलगत अनुुगमन गरेर फर्किएको छ । 

सुनकोशीको पानी लखन्देहीमा मिसाउन सके अग्लो भूूभागमा पर्ने सर्लाहीको चुरे क्षेत्रस्थित हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, महोत्तरीको बर्दीबास नगरपालिका र धनुुषाको मिथिला नगरपालिकाका करिब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुु¥याउन सकिने विद्युत्विज्ञ चेतप्रसाद बरालले बताउनुुभयो । सिन्धुलीको कमलामाई नगरपालिकास्थित कुुसुमटारबाट निकास हुने सुुनकोशीको पानी पाइपलाइनमार्फत मरिण गाउँपालिकास्थित खयरसालसम्म ल्याएर त्यहाँ ४५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने अवस्था रहेको विद्युत्विज्ञ बरालको भनाइ छ । 

खयरसालमा विद्युत् उत्पादन गरेर बाहिरिएको पानी करिब सात किलोमिटर सुुरुङमार्फत लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित डाइनीखोला हुुँदै लखन्देहीखोलामा ल्याउन सक्ने अवस्था रहेको विज्ञले बताएका छन् । त्यसरी लखन्देहीमा मिसाइएको पानीले पत्थरकोटमा पुनः १५ मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको विज्ञ बरालको भनाइ छ । 

लालबन्दी नगरपालिकाले यसै सम्भावनालाई ध्यानमा राखी विज्ञसहित सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महिन्द्रराय यादव, पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठलगायतको उपस्थितिमा गत बुधबार मरिण गाउँपालिकास्थित खयरसालसम्मकै सम्भावित आयोजना क्षेत्रको निरीक्षण कार्य गराएको हो । लालबन्दीबाट गएको टोलीले मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ लगायतलाई भेटेर सुनकोशीको पानी मरिण, खयरसाल हुुँदै लखन्देहीसम्म ल्याउनका लागि समन्वय गरिदिन आग्रह गरेको छ । 


लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाको टोलीबिच भएको भेट ।तस्बिर :जनार्जन खत्री