अपाङ्गता भएका दम्पतीको चुलो चिसो
धनुषाको सबैला नगरपालिका–१२, उतिमपुरका एक अपाङ्गता भएका दम्पती भोक र दुधे बालक स्याहार्ने चिन्ताले पिरोलिएका छन् । ४४ वर्षीय इन्दल गडेरी र २५ वर्षीया कविताकुमारी पाल अपाङ्गता भएका दम्पती हुन् । इन्दलको खुट्टा अपाङ्गता छ भने कविता आँखाले देख्नुहुन्न । उहाँहरूको तीन महिनाको दुधे बालक छ । यो दम्पतीको घरमा चुलो छ, पकाउने भाँडाकुँडा छन् तर मुस्किलले कहिलेकाहीँ खाना पाक्छ । कसैले खाद्यान्न सहयोग गरे चुलो बल्छ नभए भोको पेट निदाउनुपर्ने बाध्यता छ ।
अझै विकृतिको सिकार बन्दै दलित
परापूर्वदेखि सामाजिक विकृतिको सिकार बन्दै आएका दलितहरू अझै सोही पीडाबाट गुज्रिरहेको पूर्वसहायक राज्यमन्त्री कलावतीदेवी पासवानले बताउनुभएको छ ।मतदाता नामावलीमा महिला, दलितलगायत सीमान्तकृत समुदायको पहँुच सुनिश्चिताका लागि सरोकारवालासँग शनिबार कलैयामा भएको कार्यक्रममा पासवानले यस्तो बताउनुभएको हो ।
बागमतीमा सशस्त्रको विपद् पूर्व तयारी अभ्यास
सशस्त्र प्रहरीले शनिबार दिउँसो सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा मधेश प्रदेशस्तरीय विपद् पूर्व तयारी अभ्यास गरेको छ । प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको प्रमुख आतिथ्यतामा बागमतीस्थित नुनथरमा महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनीले विपद् पूर्व तयारी अभ्यास कार्यक्रम सम्पन्न गरेको हो ।
सिरहाका त्रिसट्ठी बस्ती जोखिममा
मनसुन सक्रिय हुँदा वर्षा र बाढीले सिरहाका ६३ बस्ती जोखिममा पर्नसक्ने देखिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना प्रतिवेदनले कमला, बलान
वैकल्पिक ऊर्जाप्रति आकर्षण बढ्यो
रौतहटका अधिकांश पालिकामा पूर्ण तथा आंशिक रूपमा विद्युतीकरण भइसके तापनि ग्रामीण भेगका मानिस वैकल्पिक ऊर्जाप्रति आकर्षित भएका छन् । विद्युतीय शक्तिको उपभोगमा लाग्ने खर्चभन्दा कममा वैकल्पिक उर्जाबाट प्राप्त विद्युतीय सेवा उपभोग गर्न पाइने भएपछि उनीहरू वैकल्पिक उर्जाप्रति आकर्षित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण शाखा गौरका अनुसार रौतहट जिल्लाको १८ वटै पालिकामा विद्युतीकरण भइसकेको छ । यसरी विद्युत् सेवा उपलब्धसमेत भइसकेको अवस्थामा पनि जिल्लाको ग्रामीण भेगका नागरिकले वैकल्पिक उर्जाको रूपमा रहेको सोलार, इन्भर्टर, गोबरग्यास (बायोग्यास)लगायतका प्लान्ट जडान गरी उर्जा सेवा उपभोग गरिरहेका छन् ।
एमाले जसपा तालमेल : जिसस प्रमुखमा दिनेश महतोको उम्मेदवारी घोषणा
सिराहा जिल्ला समन्वय समितिको असार ६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीत तालमेल भएको छ । प्रमुख पदको लागि जसपाबाट दिनेश कुमार महतोले उम्मेदबारीको घाषणा गर्नु भएको छ । प्रमुख सहित तीन सदस्यीय जसपा र उपप्रमुख सहित चार सदस्यीय नेकपा एमालेले लिने गरी तालमेल भएको हो ।
पूर्वाधार, स्वास्थ्य र कृषि प्राथमिकतामा
मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार बसेको प्रदेश सभाको बैठकमा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।
सेवाग्राहीको भीड अव्यवस्थित
जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड बढेको छ ।सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार स्थानीय तहको निर्वाचन घोषणा भएसँगै स्थानीय तहहरू जनप्रतिनिधिविहीन बने र पञ्जीकरण काममध्ये नागरिकता सिफारिस रोकिएकोले नियमले तोकिएको कागजात नै नपुग्ने भयो ।
कोशीमा विपद् पूर्वको तयारी गर्दै संयुक्त प्रतिकार्य अभ्यास
सुनसरीमा बाढी र आगलागीका कारणले कयौँको ज्यान जाने गरेको र राहत तथा उद्धारमा ढिलाइ हँुदा पर्ने असरसमेतलाई दृष्टिगत गरी कोशी क्षेत्रमा विपद् पूर्वको तयारीको संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ ।