• ७ जेठ २०८१, सोमबार

एमाले जसपा तालमेल : जिसस प्रमुखमा दिनेश महतोको उम्मेदवारी घोषणा

blog

सिरहा जिल्ला समन्वय समिति सिरहाको प्रमुख पदको लागि जसपाबाट उम्मेदवारी घोषणा गर्नु हुँदै दिनेश कुमार महतो । तस्बिर : गोरखापत्र

जीवछ यादव

लाहान, असार ३ गते । सिराहा जिल्ला समन्वय समितिको असार ६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ । प्रमुख पदको लागि जसपाबाट दिनेशकुमार महतोले  उम्मेदवारी घाषणा गर्नुभएको छ । प्रमुखसहित तीन सदस्यीय जसपा र उपप्रमुखसहित चार सदस्यीय नेकपा एमालेले लिने गरी तालमेल भएको हो । 

सिराहामा रहेको १७ स्थानीय तहका ३४ मध्ये नेकपा एमाले नौ पालिकासहित १५ र जसपाले चार पालिकासहित १० जना स्थानीय चुनवामा जित हासिल गरेको थियो । नेपाली कांग्रेस छ, नेकपा माओवादी केन्द्र दुई र नेकपा एकीकृत समाजवादीसँ एक मत छ । एमाले र जसपा गरी ३४ मध्ये २५ मत रहेकोले सिराहा जिल्ला समन्वय समितिमा एमाले जसपा गठबन्धनको जीत सुनिश्चित रहेको जसपा सिराहा जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ताले बताउनुभयो । 

जिल्ला समन्वय समितिको प्रमुख पदको लागि जसपा नेपाल सिराहाले चयन गरेकोमा पार्टीका नेताहरुप्रति अाभार व्यक्त गर्दै महतोले सिराहा जिल्लाको १७ वटै स्थानीय तहमा विकासको गति ल्याउन र भ्रष्टाचार न्यूनीकरण गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

२०६३ सालमा मधेश आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएका महतो मधेशी जन अधिकार फोरम नेपाल हुँदै जनता समाजवादी पार्टी हुँदासम्म तीन कार्यकाल जिल्ला कमिटि सदस्य, दुई कार्यकाल लहान नगर कमिटि अध्यक्ष र लाहान–२३ बाट स्थानीय चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । लाहानस्थित जेएस मुराारका बहुमुखी क्याम्पसका व्यवस्थापापन समिति सदस्यसमेत रहनुभएका महतो विद्यार्थी कालमा कराँतेका प्रख्यात खेलाडी हुनुहुन्थ्यो ।