• ७ जेठ २०८१, सोमबार

गोरखापत्रका नायब कार्यकारी सम्पादक जोशीको निधन

blog

गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक स्वर्गीय राधाप्रसाद जोशी ।

काठमाडौं, वैशाख २७ गते। गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक राधाप्रसाद जोशीको ५४ वर्षको उमेरमा निधन भएको छ। उहाँ लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो। 

उपचारको क्रममा बुधबार राति ११ बजे ललितपुरस्थित किस्ट कलेजमा उहाँको निधन भएको उहाँकी दिदी ज्ञानु अधिकारीले जानकारी दिनुभयो।

उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण सफल भए पनि बुधबार हृदयाघातले  निधन भएको चिकित्सकले उल्लेख गरेको दिदी ज्ञानु अधिकारीले जानकारी दिनुभयो। 

उहाँको बिहीबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। डोटीको सिलुगढीका स्थायी बासिन्दा जोशी काठमाडौंको पुरानो बानेश्वरमा बस्दै आउनुभएको थियो।

उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ। उहाँ २०५० पुसमा गोरखापत्र दैनिकको सेवामा प्रवेश गर्नुभएको थियो।