सर्वोत्तम लिटोको प्याकेटमा कीरा
शिशुबच्चालाई खुवाउन तयारी गरिएको सर्वोत्तम प्रिमियम लिटोको प्याकेटभित्रै कीरा फेला परेको छ । महोत्तरीको वर्दिवास –१ नेमिसा फार्मेसीबाट खरिद गरिएको सर्वोत्म प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको हो ।
निजगढमा अधिक वर्षा : १४ स्थानमा पानीको सतह बढेपछि खतराको घण्टी बज्याे
बाढी पूर्वानुमान महाशाखाले मापन गरेको २३४ वटा स्टेसन मध्ये १४ वटा नदी स्टेसनमा पानीको सतह बढेपछि खतराको घण्टी बजेको छ ।
मधेश प्रदेशमा युवा महोत्सव
पहिलो मधेश प्रदेश युवा महोत्सव- २०७९ सुरु भएको छ। ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नाराका महोत्सव बुधबार सुरु भएको हो।
अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते
सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा अलकत्राको ट्याङ्कर पड्किँदा सात जना घाइते भएका छन् । हुलाकी सडकमा कालोपत्रे गर्न तातो अलकत्राको ट्याङकर वेल्डिङ गर्नेक्रममा पड्किँदा छ जना कामदार र एक जना स्थानीयवासी घाइते भएका हुन् ।
यसरी बच्न सकिन्छ डेंगुबाट
नेपालमा केही वर्ष यता डेंगु प्रकोपका रुपमा देखिँदै आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका डा. गोकर्ण दाहालकाअनुसार सन् २०२२ सुरु भएदेखि अहिलेसम्म २२ जिल्लाबाट ६९ जनामा डेंगुका बिरामी भेटिएका छन् ।
दुर्व्यसनकाे लतमा विद्यार्थी
रौतहटको अधिकांश निजी एवं सामुदायिक विद्यालयका विद्यार्थी दुर्व्यसनमा फस्दै गएको पाइएको छ । लागूऔषध तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागरण मञ्च (विजाम)ले सार्वजनिक गरेबमोजिम कक्षा ९ देखि कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी दुव्र्यसनी बन्दै गएको पाइएको हो ।
अविरल वर्षाका कारण घर जलमग्न
विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहनुभएका स्थानीय किशोरी साहले जानकारी दिनुभयो । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् ।
उत्पादन क्षेत्रमै छैन आँपको भण्डारण
आँप उत्पादनको मुख्य आधार क्षेत्र मधेश प्रदेशका जिल्लाहरू नै हुन् । वर्षमा एक पटक मात्र फल्ने आँप विभिन्न परिकार बनाएर वर्षभरि खान सकिन्छ तर यसको उचित उपयोगको लागि उद्योग, कलकारखाना, भण्डारणको व्यवस्थापन नहुँदा याममै सिद्धिने गरेको छ ।
मलबिनै धान रोपाइँ गरिँदै
महोत्तरी, असार १५ गते । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । “बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भन्नुभयो । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउनुहुन्छ । “मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ”, उहाँले भन्नुभयो । मल नपाएकामा भने उहाँको दुःखेसो छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो । यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन् । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउनुहुन्छ । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ ।