चिरान काठसहित चालक र भ्यान नियन्त्रणमा
बर्दिबास क्षेत्रबाट प्रहरीले पिकअप भ्यानसहित अवैध काठ बरामद गरेको छ । प्रहरीले बा १८ च १३७१ नम्बरको पिकअपबाट सालको करिव ७७ क्यूफिट बराबरको १९३ थान चिरान काठ नियंत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मल अभाव छैन : कृषि सामग्री कम्पनी
रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ ।
स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउँछु
मधेश प्रदेशको सर्लाही जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये चन्द्रनगर गाउँपालिका एक हो। यो मूलतः ग्रामीण क्षेत्र भएको गाउँपालिका हो। बालबालिका र किशोरीका समस्या यहाँको जटिल सामाजिक समस्या हो भने कृषिमा आश्रित जनसङ्ख्या धेरै भएकाले ग्रामीण र कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। यीलगायत विविध विषयमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोसँग गोरखापत्रका जनार्जन खत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडित अन्योलमा
लक्ष्मीपुर–६ की कलामुन खातुनलाई ‘अध्यादेश’ र ‘निष्क्रिय’ भनेको के हो ? थाहा छैन तर उहाँ मिटरब्याज पीडित हुनुहुन्छ। रामस्वरूप महाजनसँग उहाँले दुई वर्षअघि लिएको एक लाख रुपियाँ ऋण तिरिसक्नु भयो। महाजनले थप चार लाख रुपियाँ बाँकी रहेको भन्दै तमसुक फट्टा गरेका छैनन्। खातुनलगायत रामस्वरूप महाजनबाट पीडित २५ जनाको उजुरी दर्ता भएपछि सबैमा न्यायको आशा पलाएको थियो। जिल्ला प्रशासन कार्यालयमा छलफल पनि चलिरहेको छ तर अकस्मात अध्यादेश निष्क्रिय भएपछि उहाँलाई धेरैले डर देखाए ‘अब सिडिओ र एसपीले पनि महाजनलाई केही गर्न सक्दैनन्’ भनेर।
महिला पत्रकारको बीमामा निरन्तरता
महिला पत्रकारलाई पेशामा सुरक्षित भई क्रियाशील भइराख्न मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमालाई निरन्तरता दिएको छ । मधेश प्रदेशका मिडिया र मिडियाकर्मीको हकहित, संरक्षण, सम्बद्र्धन एवम् क्षमता अभिवृद्धिलगायतका उद्देश्य पूरा गर्न मधेश प्रदेश सरकारले गठन गरेको आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले महिला पत्रकारको स्वास्थ्य बीमा र दुर्घटना बीमालाई निरन्तरता दिएको हो ।
मधेशका इतिहासविद् खोज्दै प्रतिष्ठान
मधेशको इतिहास लेखनका लागि इतिहासविद्हरूको खोजीमा जुटेको छ । मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधामले मधेशको इतिहास लेखनका लागि मधेशसम्बन्धी इतिहासविद् एवं जानकारको खोजीमा जुटेको हो । मधेशको इतिहास कहिँकतै नभेटिएको दाबीसाथ मधेशको इतिहास लेख्न नेपाल र भारतका इतिहासविद् र जानकारको खोजीमा जुटेको प्रतिष्ठानका अध्यक्ष रामभरोज कापडी ‘भ्रमर’ ले जानकारी दिनुभयो । पूर्वपश्चिम मधेशका २२ जिल्लाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायतको विषयका इतिहास दस्तावेज नभेटिएकाले जानकार इतिहासविद्लाई भेला गरी इतिहास लेखनतर्फ प्रतिष्ठान अगाडि बढेको उहाँले बताउनुभयो ।
हरिवनले ल्यायो ६२ करोड बजेट
सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि ६२ करोडभन्दा बढीको बजेट ल्याएको छ । बुधबार प्रारम्भ भएको सातौँ नगर सभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेस गर्नुभएको हो ।
महोत्तरीमा गोली चल्दा एक जना घाइते
महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो ।
‘गरिबका लागि निःशुल्क उपचार’
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा मङ्गलबार १५ शय्याको सामुदायिक अस्पताल उद्घाटन गरिएको छ। सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको उद्घाटन गर्नुभएको हो। सीमावर्ती क्षेत्रमा स्थापना भएको यो अस्पतालले यहाँका ग्रामीण भेगका बासिन्दालाई प्रभावकारी ढङ्गले प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। अस्पताल सञ्चालन तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि मन्त्रालयको साथ, सहयोग रहने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो। गरिब तथा विपन्न वर्गका लागि प्रत्येक सरकारी तथा निजी अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यहाँ पनि कोही गम्भीर प्रकृतिका बिरामी उपचार नपाएरै बसिरहेको भए आफ्नो सम्पर्कमा ल्याइदिन आग्रह गर्नुभयो।