नागरिकता वितरणमा टोकन प्रणाली
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकताको भीड थेग्न मुस्किल भएपछि टोकन प्रणाली लागु गरिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लागु भएपछि गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानको अत्यन्तै भीड बढेको छ ।
पशु चौपायालाई निःशुल्क भ्याक्सिन
सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनस्थित मुसहर बस्तीमा स्थानीयले पालेका पशु चौपायालाई मङ्गलबार निःशुल्क भ्याक्सिन लगाइएको छ ।
ताप्लेजुङ मिक्वाखोलाको गौरवका १३ योजना
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विभिन्न १३ वटा योजनालाई गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको छ।गाउँपालिकाले विभिन्न योजना छनोट गर्दै पालिकाभित्रको गौरवको योजनाका रूपमा कार्यान्वयन गर्ने भएको हो ।
सर्लाहीका जनस्वास्थ्य निरीक्षकविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा
सर्लाहीका जनस्वास्थ्य निरीक्षक/अधिकृत (सातौँ तह)का कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
दुर्घटनामा एककाे मृत्यु
जलेश्वर जनकपुर सडक खण्डमा मध्य राततिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
‘आमसञ्चार प्राधिकरणलाई सबल बनाउनु पर्छ’
मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारद्वारा गठित आमसञ्चार प्राधिकरणलाई सबल बनाउनुपर्ने धारणा व्यक्त गरिएको छ। सोमबार यहाँ आयोजित एक कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणलाई काम गर्न आवश्यक वातावरण तयार हुन नसकिरहेको बताउनुभयो। आठवटै जिल्लामा सञ्चार क्षेत्रको समस्या समाधान गर्न तथा मिडियालाई सशक्त बनाउन प्राधिकरणलाई जनशक्ति र स्रोत साधन उपलब्ध नहुँदा समस्या भइरहेको उहाँले प्रष्ट पार्नुभयो।
वैदेशिक रोजगारीमा ठगिएकाे रकम फिर्ता
जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको रकम फिर्ता गराएको छ ।
बजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि
बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। वारियर्सले तेश्रो पटक लिगको उपाधि जितेको हो ।
समुन्नत नगर बनाउने प्रतिबद्धता
लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै ‘हाम्रो लहान, सभ्य सुन्दर र समुन्नत लहान’ को नारा कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १६ करोड २२ लाख आठ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीले आइतबार आयोजित नगर सभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो। यसअघि नगर सभाको उद्घाटन गर्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले लहान नपाको जनपक्षीय बजेट कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।