धनुषाधामका सरोवरको सरसफाइ : बन्यो चिटिक्क
धनुषाको धार्मिक पर्यटक स्थल धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरुको सरसफाइ गरिएको छ । सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरुले समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवर सरसफाइ गरेपछि चिटिक्क भएको हो । धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।
कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया
नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर
बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।
धनुषाका सबै विद्यालय बन्द
शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले आज (शुक्रबार) धनुषाका सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।
बाक्लो हुस्सुसँगै बढ्यो चिसो
सप्तरीसहित मधेशका जिल्लामा चिसो बढेको छ। बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि चिसो बढेको हो। केही दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन्। चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ। महादेवा गाउँपालिका–१, सोनराका देवनारायण मण्डलले न्यानो कपडा र पर्याप्त खानेकुरा नहुँदा मुसहर बस्तीका बालबालिका, वृद्धवृद्धालगायत सबै कठ्याङ्ग्रिएर बस्नु परिरहेको गुनासो गर्नुभयो। चिसोले मुसहर बस्तीका वृद्धवृद्धाको कठ्याङ्ग्रिएर मृत्यु हुने अवस्था रहेको मण्डल बताउनुहुन्छ। चिसो छल्नका लागि स्थानीयहरू घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन्।
चार पुस्तादेखि लालपुुर्जाविहीन मुसहर
औरही गाउँपालिका–४, ईटाटारको मुसहर बस्तीमा बस्नेहरू चार पुस्तादेखि लालपुुर्जाविहीन रहेका छन्। त्यस गाउँका मुसहर समुदाय श्रम गरेर खाए पनि बस्नलाई घरै नभएको भन्दै चिन्तित रहेका छन्।
महानगरले नगरवासीको ३० युनिटसम्मको महसुल तिरिदिने
वीरगन्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने नगरवासीको बिजुली महसुल लगायतका महसुल तिरीदिने भएको छ ।
मधेश प्रदेशमा हाम्रो दाबी स्वाभाविक : डा.चन्द्रकान्त राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।
मधेश प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य न्यौपानेले शपथ गराउने
मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यलाई ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथग्रहण गराउने भएको छ। मधेश प्रदेश सभा सदस्य न्यौपाने ७१ वर्षीय हुनुहुन्छ।
सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।
एक गाग्रो पानी ल्याउन तीन घण्टा
सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१२, भालुखोप र जलकिनीका स्थानीयवासी वर्षौंदेखि दूषित पानी पिउन बाध्य छन्। हिउँदमा एक गाग्रो पानीका लागि तीन घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ। सुक्खायाम सुरु भएसँगै अहिले त्यहाँ बस्ती नजिकै रहेको कुवामा पानी आउन छाडेको छ। गाउँलेले तीन घण्टा हिँडेर लखन्देही खोलाको दुषित पानी ल्याएर पिउन बाध्य भइरहेका छन्। खानेपानीको अभावले अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी नारायण पुलामीले जानकारी दिनुभयो।
मूल्य समायोजन नगरी उखु क्रसिङको तयारी
महोत्तरीको गौशाला नगरपालिका–१ मा रहेको एभरेस्ट चिनी मिलले उखु क्रसिङको तयारी गरेको छ । यो चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो । मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गरी करिब दुई लाख २५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको बताउनुभयो ।
भन्सार छली ल्याइएको ३११ बोरा चामल बरामद
प्रहरीले पर्साको ग्रामीण क्षेत्रको नेपाल–भारत सीमावर्ती बजार भिस्वाको एक चामल गोदाममा छापामारी गरी भन्सार छली भित्र्याइएको आशंकामा ३११ बोरा चामल बरामद गरेको छ ।
बर्दिबास उद्योग वाणिज्य सङ्घ अध्यक्षमा खड्का निर्वाचित
बर्दिबास उद्योग वाणिज्य सङ्घको कार्यसमिति निर्वाचनबाट विष्णुबहादुर खड्का अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनबाट उहाँको प्यानल नै विजयी भएको छ ।
संविधान र सङ्घीयताको कार्यान्वयन भएको छ : मुख्यमन्त्री राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनो पाँच वर्षे कार्यकालमा प्रदेश सरकारले मुख्यरुपमा संविधान र सङ्घीयताको सफल कार्यान्वयनका लागि काम गरेको बताउनुभएको छ ।
चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भए बालबालिका
चिसो भुईँमा पढ्न बाध्य रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका अब चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भएका छन् ।
सदाय समुदायका किशोरीहरु पढ्न पाएपछि खुशी
सखुवानन्कारकटि गाउँपालिका –३ पोर्ताहा गाँउमा श्री जनता माध्यमिक विद्यालय भए पनि त्यस गाँउका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् ।
सर्लाहीको हरिपुरमा चिसोले कठ्याङग्रिएर थप एक जनाको मृत्यु
सर्लाहीको हरिपुरमा चिसोले कठ्याङग्रिएर थप एक जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका–९, पिडारी टोल बस्ने ५० वर्षीय राजेन्द्र चौधरीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो । चिसोले कठ्याङग्रिएर श्वासप्रश्वासमा समस्या हुनासाथ चौधरीलाई उपचारका लागि नमूना अस्पताल हरिवन पु¥याइएको थियो ।
सेवा अस्तव्यस्त सेवाग्राही हैरान
सप्तरीका सामुदायिक विद्यालय र स्थानीय तह, वडा कार्यालयका कर्मचारीहरू समयमा कार्यालय नआउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। सरकारी कार्यालयहरूमा एक/दुई दिनमा हुने कामलाई हप्तौँ र महिनौँसम्म लाग्ने गरेको छ। शम्भुनाथ नपा–६ की सेवाग्राही प्रतिमा चौधरीलाई घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा बिहीबारदेखि मङ्गलबारसम्म कार्यालय धाउँदा पनि हाकिम नभएपछि फेरि शुक्रबार आउन भनियो।
भुइँमै बसेर पढ्छन् बालबालिका
रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका पुस महिनाको जाडोमा पनि चिसो भुइँमा बसी पढ्न बाध्य छन्। गौर नगरपालिका–८, पुरेनवामा रहेको श्री आधारभूत विद्यालयमा डेस्क बेन्च नभएपछि बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्। विद्यालयमा १ देखि ८ कक्षासम्म पढाइ हुने गरेको छ।
मधेश प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन
सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेश प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन ।
मधेश प्रदेशमा कसैको छैन बहुमत
मधेश प्रदेश सभामा यस पटक १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। कुनै पनि राजनीतिक दलले एकल बहुमत नल्याएका कारण यहाँ दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने छ तर सत्तापक्ष र प्रतिपक्षीय गठबन्धन बनाएर चुनावमा होमिएका दलसँग पनि बहुमत नभएपछि मधेश प्रदेश सरकार कसको नेतृत्वमा बन्ला अझै स्पष्ट भइसकेको छैन।
नगरप्रमुखकै निर्देशनमा गैर कानुनी असुली
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा वडा नम्बर ३ जिल्ला मालपोत कार्यालय नजिकै रहेको खाली जग्गामा वीरगन्ज महानगरपालिकासँग ठेक्का सम्झौता नै नगरी दोब्बर पार्किङ शुल्क असुली गरे पनि नियामक निकाय मौन रहेका छन् ।
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।