घटनामा दुई बालबालिकाको मृत्यु
सर्लाहीमा बिहीबार दिउँसोपख भएका बेग्लाबेग्लै घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालक र चन्द्रनगर गाउँपालिकाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
ससरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ।
सामाजिक सुरक्षा भत्ता खतरामा पर्दैछ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठ नागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसङ्ख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दाबी गर्नुभएको छ ।
घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आचारसंहिता उल्लङ्घन
प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारहरूबाट व्यापक रूपमा आचारसंहिता उल्लङ्घन भइरहेको छ । आयोगले तोकेको मापदण्डविपरीत प्रचारप्रसारलगायतमा आचारसंहिता व्यापक मात्रामा उल्लङ्घन भएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताउनुभयो । बाराको निर्वाचन क्षेत्र नं. २ मा हुने उपचुनावमा विभिन्न दल तथा उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन भएको उहाँले बताउनुभयो ।
कृषि क्याम्पस खोल्न प्रधानमन्त्री सकारात्मक
लालबन्दी नगरपालिकामा कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरिएको छ । लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौँ पुगेको जनप्रतिनिधिसहितको टोलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष कृषि क्याम्पस स्थापनाका लागि आग्रह गरेको हो । काभे्रको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी लालबन्दीमा कृषि क्याम्पस स्थापनाका लागि पहल जारी छ ।
अनधिकृतरुपमा सालको गोलिया बिक्री
डिभिजन वन कार्यालय रौतहटका एक अधिकृतले रेलमार्गमा कटान भएको सालको गोलियालाई अनधिकृतरुपमा दाउरा आकारको काठ बनाई बिक्री गरेको खुलेको छ ।