• १३ साउन २०८१, आइतबार

धनुषामा प्रहरीको भ्यानबाट थुनुवा फरार

blog

इलाका प्रहरी कार्यालय सबैला, धनुषा । तस्बिर: गोरखापत्र

विजयकुमार साह 

ढल्केवर, फागुन १५ गते । धनुषामा प्रहरी भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएको छ । इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया प्रहरी भ्यानबाट हाम फालेर फरार भएको हो । 

जनकपुरधामस्थित जिल्ला अदालत धनुषामा म्याद थप गराई सबैलातर्फ फर्कने क्रममा शहीदनगर नगरपालिका–३, यदुकुहाबाट आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँले फरार थुनुवा सबैला नगरपालिका–१३, किरतपुरको रहेको जानकारी दिनुभयो । 

फरार थुनुवाको खोजी कार्य तीव्ररूपमा भइरहेको बताउँदै प्रवक्ता गौतमले बताउनुभयो । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै फेरि एक जना थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएको हो ।