सवारी दुर्घटनामा मृत्यु
बर्दिबास जलेश्वर सडक खण्डस्थित औरही ७ भोइल गाउँ नजिक शुक्रवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गौशाला नपा १२ का ३५ वर्षीय प्रदीप महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चुरे चहार्दै जनकपुरधामका प्रमुख
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह चुरे तथा भावर क्षेत्र चहार्दै हिँड्नुभएको छ। मङ्गलबार उहाँ चुरे क्षेत्र जलाद खोलाको सिरान भेटिनु भयो। त्यसअघि प्रमुख साह तीन पटक चुरे तथा नदी प्रणाली विज्ञ टोलीसहित धनुषा, महोत्तरी र सिराहा जिल्लाको चुरे तथा भावर क्षेत्रको अवलोकन गर्नुभएको थियो।
जग्गा कटानपछि बस्तीमा त्रास
सिराहा र सप्तरीको सिमाना रहेको बलान नदीको सिराहातर्फ लहान नगरपालिका–२३, तिलेबोना र करैयाको बिचमा कटान तीव्र पारेपछि वरिपरिका स्थानीयवासी त्रसित भएका छन्। दस मिटर अझै पश्चिमतर्फ कटान भएमा उत्तरदक्षिण बग्ने बलान नदी पूर्वपश्चिम बग्ने अवस्था आउने र त्यसले ठुलो धनजनको क्षति हुने भएपछि स्थानीय बासिन्दा त्रसित भएका हुन्।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सर्लाहीको हरिवन नगरपालिका-५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मटिहानी नगरपालिकाद्वारा आँपको बिरुवा वितरण
नागेन्द्रकुमार कर्णमहोत्तरी, असार २२ गते । हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आँपको बिरुवा वितरण सुरु गरेको छ । आफ्नो पालिकालाई हरियालीकरणको लागि आफूले नगरपालिकाको हरेक परिवारलाई आँपको बिरुवा वितरण गर्न लागेको नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।पालिकाको नगर स्तरीय योजना अन्तर्गत पहिलो चरणमा करिब ५५ सय घर–परिवारलाई १० हजार आँपको बिरुवा वितरण गरिने बताउनुहुँदै उहाँले यसले हरियालीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पालिकाको नौ वटै वडाका हरेक घर परिवारलाई निःशुल्क रुपमा दुई वटा आँपको बिरुवा उपलब्ध गराउने मटिहानी नगरपालिकाको कृषि शाखा प्रमुख टङ्क प्रसाद उपाध्यायले बताउनुभयो । उहाँले आँप खेती नगदेबालीको रुपमा हुन समेत प्रयोगमा आउन थालेकोले बाली पनि हुने र हरियाली पनि हुने भएकोले पालिकाले आँपको बिरुवा वितरण कार्यक्रम ल्याइएको कृषि शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख मण्डलले आँपको विरुवा लगाउनु मात्रै नभई संरक्षणमा पनि ध्यान दिन स्थानीयबासीहरुलाई आग्रह गर्नुभएको थियो । विरुवा वितरण कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझी, वड़ा सदस्य जुगेश्वर यादव, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
वन संरक्षणमा स्थानीय सक्रिय
धनुषाको मिथिला नगरपालिका–११, तुसलीका स्थानीयवासी वन संरक्षणमा सक्रिय भएका छन् ।
आँपको मूल्यमा दोब्बर वृद्धि
आँपको मुख्य व्यापारिक केन्द्र मानिएको लहानमा आँपको मूल्यमा दोब्बरले वृद्धि भएको छ । असारको दोस्रो हप्तामा सस्तो मूल्यमा पाउने आँपको मूल्य तेस्रो हप्तामा आइपुग्दा बृद्धि भएको हो ।
धनुषा नगराइनका वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडाअध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नाला निर्माणमा ढिलाइ भएको गुनासो
सप्तरीको तिलाठी कोइलाडी –७ स्थित राजविराज हनुमाननगर सडकको मंसापुर खण्डमा सडकको नाला निर्माणमा ढिलाइ भएको छ । नाला निर्माणमा ढिलाइ हुँदा स्थानीयहरु गुनासो गरेका छन् ।