सप्तरीमा पनि ‘लम्पी स्किन’ रोगको प्रकोप
सप्तरीमा समेत लम्पी स्किन रोगको प्रभाव बढ्दै गएको छ । यति बैला मुलुकको विभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो ।
पशुपालनतर्फ आकर्षण बढाउन कृषि सामग्री वितरण
लहान नगरपालिकाले पशु शाखाले पशुपालनतर्फ आकर्षण बढाउन किसानलाई विभिन्न सामग्री वितरण गरेको छ।
कानुन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
जनकपुरधाममा नवोदित कानुन व्यवसायीहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
मिटरब्याजीका तीन सय बढी उजुरी फर्छ्यौट
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजको सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३६५ वटाको फर्छ्यौट भएको छ ।
सुरु हुने भयो रामनाथ मुखियाको उपचार
आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका–९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ ।
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने
भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ ।
‘पूर्ण खोप’ नगर बनाउने योजना छ
रौतहट जिल्लामा रहेको गढीमाई नगरपालिका ऐतिहासिक र धार्मिक महत्त्वको नगरपालिका हो तर पनि यो नगरपालिका विकासमा पछाडि परेको छ। गढीमाई मन्दिरको नामबाट नगरपालिकाको नामकरण गरिएको हो। यस नगरपालिकामा पर्ने समनपुर भन्ने स्थानमा नेपाल र अङ्ग्रेजबिच युद्ध भएको थियो। उक्त स्थानलाई लडैया समनपुर पनि भनिन्छ। बागमती नदीको किनारमा अवस्थित यो नगरपालिकालाई बागमतीको दुःख पनि भनिन्छ। गढीमाई नगरपालिकामा भइरहेको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक गतिविधिलगायतका विषयमा गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसँग गोरखापत्रका यादवराज पुरीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
अज्ञात व्यक्तिबाट एकको हत्या
घरेलु हतियारको प्रहारबाट रौतहटमा एक युवकको मृत्यु भएको छ । जिल्लाको देवाहिगोनाहि नगरपालिका ६ कर्कच कर्मैया बस्ने अन्दाजी वर्ष ३५ को जगरनाथ साह कानुको शुक्रबार राति घरेलु हतियारको प्रहारबाट मृत्यु भएको हो ।
मधेशमा निजामती किताबखाना सञ्चालन आउनु सुखद : प्रमुख मिश्र
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा प्रदेश निजामती किताबखाना सञ्चालनमा आउनु सुखद भएको बताउनुभएको छ ।