एकीकृत योजना बनाउँदै उपत्यकाका पालिका
उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका तीन जिल्लाका १८वटै नगरपालिकाले एकीकृत योजना बनाउने भएका छन्। सबै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने रणनीति बनाउन लागेका हुन्। उपत्यकाको एकीकृत विकासका लागि केही दिनअगाडि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा काठमाडाँै उपत्यका नगरपालिका फोरमको नयाँ कार्यसमिति चयन भएको छ।
खरिद गरियो तर बाँडिएन झुल
नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति दिएकोमध्ये ४१४ तहमा निर्माणाधीन अवस्थामा रहेको र २४१ तहमा निर्माण सुरु नै नभएको उल्लेख छ ।
छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न
नेपाल एकायन कराँते सङ्घ, कंकेश्वरी शाखाको आयोजनामा छैटौँ अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
सिन्दुरले रङ्गियो मध्यपुरथिमि (फोटो फिचर)
हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे ।
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।
वर्षमान निवासमा अञ्जानमा गोली पड्केको प्रहरीकाे दाबी
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जानमा पड्किएको जानकारी दिनुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नीको ९९ वर्षको उमेरमा निधन
शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । बिहान ५ः५६ बजे उपचारको क्रममा उहाँकाे मृत्यु भएको स्वकीय सचिव तेजकुमार महर्जनले जानकारी दिनुभयो ।
बेवारिसे बन्यो विज्ञान प्रविधि भवन
दोलखा दोलखाको भीमेश्वर नगरपालिका–६, झुलेमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन अलपत्र एवं बेवारिसे अवस्थामा रहेको छ। यो भवन एक करोड ५१ लाख छ हजार २५० रुपियाँको लागतमा निर्माण गरिएको हो। सो वडाका वडाध्यक्ष नवीन लामाले सङ्घीय बजेटमा तीनतले भवन निर्माण गर्न सुरु गरिएको यो भवन खर्च अभावले दुई तला मात्रै बनेको छ।
दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा
दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने ऐतिहासिक सहर दोलखामा एकहप्ते रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न भएको छ । गत चैत २३ गते सुरु भएको यो जात्रा सहरका विभिन्न स्थानमा पु-याएर शुक्रबार सम्पन्न भएको हो। करिब पाँच सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत २३ गते दूधमा स्नान गराएर सुरु भयो। दोस्रो दिन अर्थात् चैत २४ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ।
नयाँ वर्षमा शहीद स्मारकमा घुइँचो
शहीद स्मारक नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्यस्थल बनेको छ। हेटौँडा उपमहानगरपालिका–११ मा रहेको शहीद स्मारकमा विगतका वैशाख १ गतेझैँ यस पटक पनि नयाँ वर्षको पहिलो दिन घुम्न र रमाइलो गर्न आउनेको घुइँचो लागेको छ। मकवानपुर आसपासका जिल्लाबाट शुक्रबार ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक शहीद स्मारक पुगेका थिए। कोही घुम्न त केही वनभोज खान साथीभाइ, टोल छिमेकी र परिवारसँगै आएका थिए।
तौलपुल सञ्चालन गर्ने तयारी
सवारी दुर्घटना नियन्त्रण र सडक संरक्षणका लागि तौलपुल सञ्चालन गर्ने तयारी गरिएको छ। अरनिको राजमार्ग तथा बीपी राजमार्गमा चल्ने टिपरलगायतका मालवाहक सवारीसाधनले तोकेभन्दा बढी भार बोक्दा राजमार्गमा दुर्घटनाको जोखिम रहेको र सडक बिग्रेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सवारीको वजन जाँच गर्न तौलपुल सञ्चालन गर्ने तयारी गरेको हो।
चार वर्षदेखि नाका नखुल्दा सुनसान बन्यो लप्ची
चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्चीमा रहेको सीमा नाका चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएकाले सास्ती भोगिरहेका लप्चीवासीहरू धमाधम बसाइसराइ गर्न थालेका छन् ।
प्राथमिकतामा नपर्दा काम सुस्त
बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण यो सडकको काम अगाडि बढेन। देशमा सङ्घीयता लागू भएसँगै बागमती प्रदेश सरकारले मकवानपुर र काठमाडौँ दुवैतर्फको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो।
डेउडा समाजद्वारा शुभकामना आदानप्रदान
सुदूरपश्चिम प्रदेशमा मनाइने ‘बिसु’ पर्वका अवसरमा डेउडा समाजले राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री दिलेन्द्र बडू, भीम रावल, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, नेपाली कांग्रेसका नेता एनपी साउद, भानुभक्त जोशी, नैनसिंह महरलगायतको उपस्थिति थियो । नयाँ वर्षको पहिलो दिनलाई सुदूरपश्चिममा धुमधामका साथ बिसु पर्व मनाउने चलन छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वासअनुसार शुक्रबारको कार्यक्रममा पनि सिस्नुपानी छ्याप्दै, डेउडा खेलेर एक आपसमा शुभकामना आदानप्रदान गरिएको डेउडा गायक जोशीले बताउनुभयो । वि.सं २०५६ देखि हरेक वर्ष यो कार्यक्रम मनाउँदै आएको उहाँको भनाइ छ ।
दलितमाथि विभेद कायमै भएको गुनासो
मुलुकमा राजनीतिक परिवर्तन भए पनि दलित समुदाय अझै विभेदरहित सामाजिक जीवनमा जीउन नपाएको धारणा व्यक्त गरिएको छ । डा. भीमराव अम्बेडकरको १३२औँ जन्मजयन्तीका अवसरमा नेपाल–भारत दलितमैत्री सङ्घ र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौँद्वारा शुक्रबार संयुक्त रूपमा आयोजित अन्तक्र्रियाका वक्ताले मुलुकमा गणतन्त्र आए पनि दलित समुदाय सम्मानित जीवन बाँच्न राज्यसँग गुहार्नुपर्ने अवस्था कायमै रहेको धारणा व्यक्त गर्नुभएको छ ।
पशुपतिनाथमा सन्ध्याकालीन आरती
शुक्रबार नयाँ वर्षको दिन काठमाडौं पशुपतिनाथमा ‘सन्ध्याकालीन आरती’ श्रवण गर्न आएका दर्शनार्थीहरु । तस्बिरः विमलबहादुर बिष्ट/रासस
मुलुकको समस्या समाधानका लागि दलबीच एकता आवश्यक छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलकुको समस्या समाधानको लागि दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ।
‘फनपार्क’मा घुइँचो
नयाँ वर्ष २०८० को पहिलो दिन शुक्रबार भृकुटिमण्डपस्थित ‘काठमाडौँ फनपार्क’मा रमाइलो गर्नेको घुइँचो । तस्बिरः कमलकुमार बस्नेत/रासस
भैरव र भद्रकालीको रथ जुधाइयो
बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ। तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो।
वसन्तपुरमा पर्यटन महोत्सव र फोटो प्रदर्शनी
नयाँ वर्षको अवसरमा मल्टिमिडिया ग्रुपले काठमाडौं वसन्तपुरमा पर्यटन महोत्सवको आयोजना गरेको छ।
विश्व प्रसिद्ध बिस्केट जात्राको इतिवृत्ति
भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ ।
ग्यास उद्योगले काट्दै छ पुराना ग्यास सिलिण्डर
काभ्रेपलाञ्चोकको बनेपास्थित सगरमाथा ग्यास उद्योग प्रालि.मा रहेका ग्यास सिलिण्डर काट्न सुरु गरिएको छ । बजारबाट फिर्ता भएका धेरै पुराना र ‘हाइड्रोस्टाटिक टेष्ट’ मा असफल भएका ‘सगर ग्यास’ ब्राण्डका सिलिण्डर उद्योगले काट्न सुरु गरेको हो ।
संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् : सभापति देउवा
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्नुभएको छ ।