जताततै फैलियो डढेलो : धुवाँधुलोले जनजीवन प्रभावित
सुक्खा खडेरी बढ्दै जाँदा अहिले मुलुकका विभिन्न भागका वनमा डढेलो लागेको छ। वनमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण आकाश खुल्न सकेको छैन । यसले गर्दा जहाज उडान अवरुद्ध हुन थालेको छ भने जनस्वास्थ्यमा पनि समस्या देखिन थालेको छ।
अधिक भारसहित गुडाइन्छन् टिप्पर
बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।
सवारी दुर्घटनामा भारतीय नागरिक घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका –१५ स्थित सडकखण्डको रातोमाटे नयाँबस्ती चोकमा सवारी दुर्घटनामा परी चार जना भारतीय नागरिक घाइते भएका छन् ।
भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ ।
महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ ।
गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा
प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु गरिने परम्परा छ ।
बाघको आक्रमणबाट दुई जना घाइते
मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
बिस्केट जात्राको अन्तिम दिन : नासमना पुग्यो रथ
भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा मङ्गलबार मध्यरातिदेखि सम्पन्न भएको छ । गत चैत २७ गतेदेखि टौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा मङ्गलबार साँझ गःहिटीबाट पुनः भैरवको रथ तानेर मनाइएको हो ।
बागमती प्रदेश सरकारका सय दिन
बागमती प्रदेश सरकार गठन भएको मङ्गलबार सय दिन पुग्दा पनि सरकार बजेट खर्च र कानुन निर्माण दुवैमा चुकेको छ। सरकारको सय दिनको अवधिमा न बजेट खर्च भएको छ न त ऐन निर्माणलाई नै प्राथमिकता दिइएको छ। सरकारको नेतृत्व गर्नुभएका नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको सय दिनको अधिकांश समय नागरिकसँग जोडिएका काममा भन्दा सत्ता जोडघटाउमा बितेको छ। गत पुस २५ गते प्रदेश सभाका बहुमत दल र प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुखबाट नियुक्त भई पुस २६ गते शपथ लिएको जम्कट्टेल नेतृत्वको सरकारले मन्त्रालय सङ्ख्या घटाउनेबाहेक प्रदेशको पूर्वाधार र नीतिगत ठोस काम गरेको देखिँदैन।
मालवाहक सवारीको तौल अब जोखिने
सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्। काठमाडौँ उपत्यकामा भित्रिने निर्माण सामग्रीको ठूलो हिस्सा ढुवानी गर्ने काभ्रेपलाञ्चोक जिल्लामा टिप्परको अत्यधिक भारवहनका कारण अरनिको, बीपी राजमार्ग तथा हेलम्बु र बनेपा–पनौती सडकखण्ड जीर्ण भएपछि प्रशासनले वैशाख ७ (बिहीबार)देखि मालवाहक सवारीसाधनको भारवहन क्षमता जाँच्ने निर्णय गरेको हो।
झडपबारे अध्ययन गर्न सहायक प्रजिअको संयोजकत्वमा समिति गठन
सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ।
काठमाडौं टिम च्याम्पियन
१३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।
प्रधानमन्त्री प्रचण्डद्वारा द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गको अवलोकन–निरीक्षण गर्नुभएको छ ।
१० वटा वडा समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन
विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ ।
चक्रपथको दोस्रो खण्ड पछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ ।
दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदित
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञ सभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्रज्ञा परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।
मूल्य पाउन थाल्यो अण्डाले
अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे ।
रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने
तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ ।
जनभावना बुझेका पार्टीलाई मत दिन आग्रह
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पुराना स्थापित राजनीतिक दलले मात्र देशको विकास गर्न सक्ने बताउनुभएको छ। चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका नेता विष्टले पुराना पार्टीका नेताले मात्र विकास गर्न सक्ने देखिएको दाबी गर्नुभयो । कहिलेकाहीँ पुराना पार्टीलाई सचेत पार्न जनताले मत नदिन सक्ने भन्दै उहाँले चितवनका जनताले सबै बुझेको बताउनुभयो। जनताको आधारभूत आवश्यकता, भविष्य निर्माणमा एमाले मात्रै सक्षम रहेको बताउनुभयो।
गाउँगाउँमा ‘सिंहदरबार’
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाली भएको छ वर्ष भएको छ। पहिलो पटक निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गरेका छन् भने दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधिले पनि एक वर्ष पूरा गर्नै लागेका छन्। नेपालको संविधानले स्थानीय तहका अधिकार र जिम्मेवारी स्पष्ट रूपमा तोकेको छ। अघिल्लो शासन प्रणालीअन्तर्गतका स्थानीय निकाय थप अधिकार र जिम्मेवारीका साथ सशक्त स्थानीय सरकार बनेका छन्।
रातो मच्छिन्द्ननाथ रथकाे निर्माण
ललितपुर, वैशाख ४ गते। नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख ११ गते सुरु हुँदैछ । वैशाख ८ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । नेवारी पात्रोको तीथिअनुसार मच्छिन्द्रनाथको रथ ‘पारु’ दिनदेखि निर्माण गर्न सुरु गरिन्छ । त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो । मच्छिन्द्ननाथको महास्नानपछि बाराहीले रथ निर्माणको काम सुरु गर्ने गर्छन् । यसरी रथजात्रा सञ्चालनका लागि धेरै समूह र गुठी संलग्न भए पनि रथ निर्माणका लागि भने बाराही र ञवालले मात्र काम गर्ने महर्जनले बताउनुभयो। ‘महास्नानको भोलिपल्ट रथ निर्माण गर्ने स्थानमा खाल्डो खनिसकेपछि बाराहीहरुले रथमा रहने काठसम्बन्धी काम सुरु गर्छन’, उहाँ भन्नुहुन्छ, ‘याःक ख’ सम्मको काठको काम सकिसकेपछि ञवाले त्यसमा फेरि एक तल्ला थप्ने र बेत, डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिन्छन्। रथमा रहेको अधिकांश काठको काम बाराहीले गर्छन्। रथ बनाउने काममा ३५ जना खटिएका छन् । यसरी मच्छिन्द्ननाथको रथारोहणको दिन ‘बायम्व’ पनि राख्ने गर्छन्। भोटो जात्राको दिन ’ञवाल’ ले ‘बायम्व’को माथि रहेको स्वयम्भूनाथको मूर्ति निकालेपछि ‘बायम्व’ खसालिन्छ। त्यो खसालिएको ‘बायम्व’ घोप्टो परे पानी पर्ने र नपरेमा पानी नपर्ने धार्मिक विश्वास छ।तस्बिर : मनोजरत्न शाही
सिंहदरबारको फोहोर पुतली बगैँचामा
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नौ दिन बितिसक्दा पनि उठेको छैन ।
जनतामा देखिएका नैराश्यता हटाउँछौँ : नेता गुरुङ
नेपाली कांग्रेसका नेताहरूले नेपाली जनतामा अहिले बढ्दैगएको नैराश्यता हटाउने बताउनुभएको छ । कांग्रेस चितवनले सोमवार चितवन क्षेत्र २ को विभिन्न स्थानमा भएका चुनावी सभामा नेताहरूले सो कुरा बताउनुभएको हो ।