डेंगु नियन्त्रणको साप्ताहिक कार्यक्रम सुरु
डेंगु रोकथाम तथा नियन्त्रणका लागि धादिङमा हरेक शनिवार १० बजे १० मिनेट कार्यक्रम सुरुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङको अगुवाइमा शनिबारबाट शुरु भएको कार्यक्रम हरेक साताको शनिवार सोही समयमा डेंगु फैलाउने लामखुट्टेको खाजी गर्ने र नष्ट गर्ने रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभयो ।
देख्नै छाडियो खर मजुर
विश्वबाटै लोप हुँदै गरेको चरा ‘खर मजुर’ पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र यसवरपरका वन क्षेत्रमा देखिन छाडेको छ । चराका क्षेत्रमा क्रियाशील संस्था बर्ड कन्जरभेसन नेपालले पछिल्लो पटक गरेको सर्वेक्षणले निकुञ्ज र यसवरपरका वन क्षेत्रमा ‘खर मजुर’ लोप हुँदै गरेको देखाउँछ । बर्ड कन्जरभेसन नेपालकी इसिना थापा पछिल्लो गणनामा चितवनमा ‘खर मजुर’ मुस्किलले एकचोटि क्यामरा ट्र्यापिङमा परेको बताउनुभयो ।
शुभकामना आदानप्रदानमा जुहारी
राममणि दाहालहेटौँडा, असोज २ गते । बागमती प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सकिएको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीबाट हुने निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्ने अघिल्लो दिनदेखि प्रदेश सभाका सदस्य पदबाट मुक्त हुने जनाएसँगै बागमती प्रदेश सभाको पहिलो कार्यकाल सकिएको हो । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तय गरेको छ । बामगती प्रदेश सभाले प्रदेश सभा सदस्यको कार्यकाल सकिने अघिल्लो दिन शनिबार प्रदेश सभा सचिवालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमले प्रदेश सभा बैठकको झल्को दिएको थियो ।बिदाइ कार्यक्रम नभनिए पनि कार्यकाल सकिने अघिल्लो दिन आउँदो चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा प्रदेश सभाको बैठकमा जस्तै सत्ता पक्ष र विपक्षी दलका नेता विभाजित भएर आफ्ना भनाइ राख्दै थिए । देश सङ्घीय संरचनामा गएसँगै पहिलो पटक भएको निर्वाचनपछि बनेको बागमती प्रदेश सभाका सदस्यले २०७४ माघ ७ गते शपथग्रहण गरेका थिए । माघ १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।प्रदेश सभाको यस अवधिमा भएका १० अधिवेशनले गरेका काम र सरकारको कामका बारेमा कार्यक्रममा सहभागीले धारणा राखेका थिए । उनीहरूले पहिलो पाँचवर्षे कार्यकालमा प्रदेशका बारेमा सिक्ने, अनुभव गर्ने र प्रदेशको जग हाल्ने काम भएको बताएका थिए ।कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले कानुन, संरचना र सङ्घीयताको अनुभवरहित अवस्थामा पाँच वर्षअघि प्रदेशको अभ्यास सुरु भएको बताउनुभयो । उहाँले हामीले गरेका र भएका नकारात्मक कामको भन्दा सकारात्मक कामको समीक्षा गरेर अगाडि बढ््नुपर्ने भन्दै हामीले अब एकात्मक प्रणालीमा जाने ठाउँ नछाडेको र जाने अवस्था पनि नरहेको बताउनुभयो ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यति चाँडै प्रदेश महँगो भयो काम छैन भन्ने अवस्था आएको छैन भन्दै प्रदेश संरचना बनेको, प्रदेश सरकारले काम गरेको र अभ्यासको क्रममा रहेको बताउनुभयो । सङ्घीय सरकारसँग केन्द्रीकृत मानसिकता रहेको र यो नै समस्या भएको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीयताको अभ्यास भइरहेको समयमा सङ्घीय सरकारले जिल्ला कार्यालय स्थापना गर्नु र अनावश्यक रूपमा विभाग राख्नु उचित होइन ।”उहाँले सङ्घमा कर्मचारी त्यसै बसेको, बस्ने कुर्सीसमेत नभएको र प्रदेशमा काम गर्ने कर्मचारी अभाव भएको भन्दै राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रमा परिवर्तन नआएको गुनासो गर्नुभयो ।प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाले गरेका काम र अनुभव सुनाउँदै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सङ्घीयतालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नयाँ संरचना भएकाले कमीकमजोरी भए पनि प्रदेशका सबै जिल्लामा प्रदेश सरकार छ भन्ने महसुस गराउने गरी प्रदेश सरकारले काम गरेको दाबी गर्नुभयो । “प्रदेश सरकारले काम गरेन भनेर तपाईं कुन मुखले निर्वाचनमा जनतासमक्ष जानुहुन्छ ?” दल र नेताहरूलाई उहाँको प्रश्न थियो । बागमती प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रतिगमनको खतरा अझै रहेको बताउँदै प्रदेश नरहेमा यो व्यवस्था र संविधान नरहने भएकाले संविधान र व्यवस्थाको पक्षमा उभिन आग्रह गर्नुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशको नयाँ अभ्यास गरिएको, नयाँ अनुभव लिएको र संरचनाहरू निर्माण भएकाले पाँचवर्षे कार्यकाललाई सकारात्मक रूपमा लिनु आवश्यक भएको औँल्याउँदै शीर्ष नेताहरूमा प्रदेशलाई अधिकार दिन नचाहने प्रवृत्ति रहेको बताउनुभयो ।प्रदेश सभाका उपसभामुख राधिका तामाङले शून्य अवस्थाबाट प्रदेश यो अवस्थामा आएको चर्चा गर्दै प्रदेश सभाको आफ्नै भवन र प्रदेश सभाको हल पाँच वर्षमा बन्न नसक्नु दुःखद पक्ष भएको बताउनुभयो ।कार्यक्रममा प्रदेश सभाअन्तर्गतका सभापतिहरू माधवप्रसाद पौडेल, नारायण सिलवाल, न्हुच्छेनारायण श्रेष्ठ, केशवप्रसाद पोखरेल, रमा आलेमगर र विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सभामा आफूले गरेका अनुभव राख्दै जनअपेक्षाअनुसार प्रदेश सभा र प्रदेश सरकारले कति काम ग¥यो समीक्षा हुनु आवश्यक भएको बताउनुभयो ।
पहिरोमाथिको लाप्ची गाउँ
दोलखाको लामाबगर गाउँपालिका–१ मा रहेको दुर्गम लाप्ची गाउँमा विकासका कुनै पूर्वाधार पुग्न नसक्दा स्थानीयले कठिनाइपूर्ण जीवनयापन गर्नुपरेको छ । सञ्चारको अभावमा कोही बिरामी परे आफन्तलाई फोनबाट खबर दिनसमेत तीन दिन हिँडेर लामाबगर पुग्नुपर्छ । स्थानीय कर्मा शेर्पाले भन्नुभयो, “गाउँमा मोबाइलको नेटवर्क टिप्दैन। फोन गर्नकै लागि पहिरो छिचोल्दै तामाकोसीको भीर भएर हिँड्नुपर्छ, त्यो पनि हिउँदमा मात्रै ।”
सरसफाइ अभियन्ता अमात्यको निधन
सरसफाइ अभियन्ता प्रकाश अमात्यको हृदयघातका कारण निधन भएको छ । हृदयघातपछि उपचारको लागि मेडिसिटी अस्पताल लगिएको अमात्यको उपचारकै क्रममा शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गृह मन्त्रालय र मिटर ब्याज पीडितबीच पाँच बुँदे सहमति
गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपछि संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ ।
तातोपानी सुक्खा बन्दरगाह सञ्चालन गर्न सम्झौता
सिन्धुपाल्चोकको लार्चामा निर्माण भएको तातोपानी सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र एक निजी कम्पनीबीच सम्झौता भएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको जानकारी दिनुभयो । कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपियाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको हो । बोलकबोलमा सहभागी तीन कम्पनीमध्ये ट्रान्स सिल्क टर्मिनलको प्रस्ताव स्वीकृत भएको विकास समितिले जनाएको छ । निजी कम्पनीले बन्दरगाह सञ्चालनको काम असोज १० गतेदेखि थाल्नेछ ।
जजिराले थाल्यो भैरहवाबाट दैनिक उडान
जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुुवेतका लागि दैनिक उडान सुरु गरेको छ । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेत–भैरहवा साताको तीन उडान गर्दै आएको जजिराले शुक्रबारदेखि दैनिक एक उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरवेजले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताउनुभयो ।
हुँदै नभएको जग्गा बिक्री गर्ने थुनामा
काभ्रेपलाञ्चोक जिल्ला अदालतले हुँदै नभएको जग्गा बिक्री गर्ने तथा जग्गा बिक्री गरी ठगी गर्न सघाउने कसुरमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले हुँदै नभएको जग्गा बिक्री गर्न सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न लेखापढी व्यवसायी रविप्रसाद रेग्मी, मालपोत कार्यालयका कर्मचारी सतीश भण्डारी र रामविनय यादवलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।
ढल निर्माणमा सुस्त गति
दोलखाको सदरमुकाम चरीकोटमा निर्माणाधीन ढल निर्माणको काममा सुस्त गति देखिएको छ । दुई वर्षमा काम समाप्त गर्ने गरी ठेक्का लगाइएको अत्याधुनिक ढल प्रशोधन केन्द्रसहितको ढल निर्माणको भौतिक प्रगति एक वर्ष बित्दा करिब ३० प्रतिशत मात्र भएको छ । सहरी खानेपानी तथा सरसफाइ आयोजना (क्षेत्रगत)अन्तर्गत निर्माणाधीन ढल निर्माणको काम अगस्ट अन्तिमसम्मको भौतिक प्रगति २९ दशमलव ५ तथा वित्तीय प्रगति ३४ दशमलव ५ प्रतिशत रहेको आयोजनाको कन्सल्टेन्ट बिल्डिङ डिजाइन अथोरिटीका इन्जिनियर सन्तोष भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोबिलाइजेसनबापतको रकमले भौतिक प्रगतिभन्दा वित्तीय प्रगति बढी देखिएको हो । ढल प्रशोधन केन्द्र निर्माणका लागि जग्गा प्राप्ति ढिलो भएको तथा जमिन भिरालो भएको कारण कामको गति सुस्त भएको हो । अब आयोजनाका काम अगाडि बढाउन खासै समस्या नरहेकोले काम छिटो अघि बढ्ने अपेक्षा राखिएको छ ।
नर्सिङ पढाइ सुरु गर्ने तयारी
हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयको पढाइ सुरु गर्ने भएको छ । प्रतिष्ठान सभाले चालू आर्थिक वर्ष २०७९÷८० को बजेट र कार्यक्रम स्वीकृत गर्दै नर्सिङ विषय अध्यापन सुरु गर्ने र एमबीबीएसका लागि तयारी थाल्ने निर्णय गरेको छ । साथै सभाले प्रतिष्ठानको उपकुलपति प्रा.डा. विश्वराज जोलीले प्रस्तुत गर्नुभएको गत आवको वार्षिक प्रतिवेदन पारित गरेको छ । प्रतिष्ठानअन्तर्गत गत वर्षबाट स्नातक तहमा जनस्वास्थ्य, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषय अध्यापन भइरहेको छ । पहिलो वर्षको कक्षा सकिएर र दोस्रो वर्षको पढाइ सुरु गर्ने तयारी सुरु गरेको प्रतिष्ठानले जनस्वास्थ्यमा २० तथा फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजीमा ३०–३० सिट चिकित्सा शिक्षा आयोगबाट स्वीकृत पाएको छ ।
अबका विकासे काम जेठमा सम्पन्न, असारमा थालनी
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद भडेलले आर्थिक वर्षको अन्तिम महिनामा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकको कार्यालय भवनको शुक्रबार शिलान्यास गर्दै उहाँले असार महिनामा काम गर्ने प्रचलन हटाउनुपर्ने बताउनुभयो ।
हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन
धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ। सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ।
माग सम्बोधन गर्न मिटरव्याजीको आग्रह
मिटरव्याजी पीडितहरुले न्याय माग्दै सिंहदरवार घेराउ गर्ने चेतावनी दिएका छन् । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले समयमा माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
कोरोना बीमाका लागि एक अर्ब रुपियाँ निकासा, मापदण्ड बनाएर वितरण हुने
लामो समयसम्म भुक्तानी हुन नसकेको कोरोना बीमा भुक्तानीका लागि सरकारले एक अर्ब रुपियाँ निकासा गर्ने भएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले एक अर्ब निकासा गर्ने निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो ।
सेवा शुल्क घटाउन प्रशासनको निर्देशन
पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सेवा शुल्क घटाउन र गुणस्तर बढाउन सम्बन्धित साइवर व्याबसायी, सेवा केन्द्रका जिम्मेवार सञ्चालकलाई जिल्ला प्रशाासन कार्यालय धादिङले निर्देशन दिएको छ ।
खासाबाट दैनिक दुई कन्टेनर भित्रिँदै
तातोपानी नाका आंशिक रूपमा खुला भएको छ । अहिले यो नाकाबाट दैनिक दुई–तीन मालवाहक कन्टेनर नेपाल भित्रिने गरेका छन् ।तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत लक्ष्मण बास्तोलाले बिहीबार चीनको खासाबाट दुईवटा कन्टेनर भित्रिएको जानकारी दिनुभयो । उक्त दुई गाडीमध्ये एउटाले जलविद्युत् आयोजनाका उपकरण र अर्कोले ऊन लिएर आएको बास्तोलाले बताउनुभयो ।
प्रदेश सभा दसौँ अधिवेशनमा सीमित
गत साउनमा बागमती प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य गरेपछि बागमती प्रदेश सरकारले ११औँ अधिवेशन आह्वानको निर्णय नगर्दै बागमती प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सकिने भएको छ । प्रदेशको एकल अधिकार सूचीका ऐनहरू बनाउन बाँकी हुँदै सत्तापक्ष र प्रमुख विपक्षी दलसँगै सत्ता गठबन्धन दलबीचको विवादका कारण प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न रुचि नदेखाएको हो ।
जय नेपाल हलको कम्पाउण्ड भित्र टुकुचा खोला भेटियो
बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो।
विश्वकर्मा पूजाको तयारी (फोटो फिचर)
अहिले हरेक वर्ष सयौंको संख्यामा विश्वकर्माको मूर्ति बिक्री हुन्छन्। विश्वकर्माको पूजाका दिन अधिकांश मूर्ति बिक्री हुने गरेका छन्।
सौराहामा फोटो पत्रकार महासंघको महाधिवेशन सुरु
भरतपुर, भदौ ३० गते। नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन बिहीबारबाट सौराहामा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पत्रकारको पेसालाई व्यावसायिक बनाउँदै विशिष्टीकृत र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो। “पत्रकारितामा भविष्य छ भन्ने देखाउन पनि यसको मर्यादा र व्यावसायिकतामा जोड दिन जरुरी छ”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा जस्तै पत्रकारितामा पनि अब विशिष्टीकरण हुन जरुरी छ।”उहाँले फोटो झुट नहुने बताउँदै फोटो पत्रकारिताको विकास भएमात्रै पत्रकारिता भित्रका विकृतिको अन्त्य हुने बताउनुभयो। प्रदेश सरकारले पत्रकारको क्षमता विकासका लागि तालिम, सभा समारोह, गोष्ठी तथा भवन निर्माणमा सहयोग गर्ने योजना अघि सारेको उहाँको भनाइ छ। नयाँ नेतृत्व चयनका साथ महाधिवेशन शनिबार सम्पन्न हुनेछ। महाधिवेशनमा देशभरबाट ६ सय जना फोटो पत्रकारको सहभागिता रहेको महासचिव हरी रेग्मीले जानकारी दिनुभयो। उक्त अवसरमा फोटो पत्रकार राजेश ढुङ्गाना सम्मानित हुनुभएको छ। महासङ्घले उहाँलाई सम्मान पत्र र दोसल्लाका साथ सम्मान गरेको हो। उहाँ गोरखापत्र अनलाइनमा मेरो तस्बिर स्तम्भका लागि तस्बिर खिच्नुहुन्छ।
जापनिज इन्सेफ्लाइटिसका कारण एकको मृत्यु
चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाकोे मृत्यु भएको छ । संक्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले संक्रमितको खोजी शुरु गरेको छ ।
पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ ।