• ११ जेठ २०८१, शुक्रबार

आज उपनिर्वाचन

बारा, चितवन र तनहुँमा शान्तिपूर्णरूपमा मतदान सुरु

blog

बारा निर्वाचन क्षेत्र नं. २ मा मतदान गर्नुहुदैँ मतदाता । तस्बिर: शिवशंकर मिश्र

काठमाडौँ, वैशाख १० गते । बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । 

मतदानका लागि मतदाताहरू उत्साहजनकरुपमा लाममा बसेको जानकारी हाम्रा स्थानीय समाचारदाताले  दिएका छन् । 

बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन भइरहेको हो ।