वर्डफ्लु पीडित किसानलाई राहत
जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् ।
भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ ।
विद्यालय भर्ना अभियान सफल पार्न आमा शिक्षा कार्यक्रम
विद्यालय भर्ना अभियान सफल पार्न दोलखाको भीमेश्वर नगरपालिका –४ जिलु स्थितको सर्व माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि समेतका लागि घरघरमा आमा, विद्यालय शिक्षामा आमा मुख्य नाराका साथ एक दिवसीय आमा शिक्षा कार्यक्रम गर्न लागेको छ ।
बागमती प्रदेश सभा अधिवेशन अन्त्य
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सभाको अधिवेशन प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशप्रमुखको कार्यालयबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नेसम्बन्धी पत्र आएको जानकारी दिनुभयो । गत मङ्सिर ४ गतेको निर्वाचनपछि प्रदेश सभा गठनसँगै पहिलो अधिवेशन गत पुस १८ बाट सुरु भएको थियो ।
गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गर्नुभएको छ ।
बढी धुँवा फाल्ने १५ सवारी चालक कारबाहीमा
काठमाडौंको बबरमहलबाट मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ ओटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।
दश लाख रुपियाँको अक्षयकोष स्थापना
दोखाको कालिञ्चोक गाउँपालिका –३ पुटुङ निवासी पूर्व कर्नेल महेन्द्रजङ सिवाकोटीले आफ्ना बाबुआमाको स्मृतिमा स्थानीय कालिनाग माध्यमिक विद्यालयमा १० लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ ।
बलियो राष्ट्रिय शक्तिको खाँचो छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राष्ट्रिय शक्ति निर्माणको खाँचो रहेको बताउनुभएको छ । मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
रसुवाको लाङटाङमा अझै यातायात पुगेन
रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालनमा आएको छ । गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ ।
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय
भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलाकै लयमा फर्किएको छ ।
उपनिर्वाचनको परिणामबाट सच्चिन ध्यानाकर्षण
बागमती प्रदेश सभामा उपनिर्वाचनको मतपरिणामबारे चर्चा भएको छ। प्रदेश सभाको मङ्गलबार बसेको बैठकमा उपनिर्वाचनको मतपरिणामबाट परम्परागत दल सच्चिनुपर्ने आवाज उठेको हो। उपनिर्वाचनको नतिजाले पुरानै तौरतरिका र प्रवृत्तिबाट अगाडि बढ्न नसक्ने भन्दै प्रदेश सभाका सदस्यले सच्चिन ध्यानाकर्षण गराएका हुन्। प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले प्रदेश सरकारलाई समृद्धिको योजना ल्याउन र नियमित काममा मात्र सीमित नहुन भन्दै परिणाममुखी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “उपनिर्वाचनको मतपरिणामले पनि ठूला दलप्रति निराशा देखाएको छ। परिवर्तन संस्थागत गर्न पनि जनताको जीवनमा रूपान्तरण हुने गरी काम गर्नुपर्छ।”
पार्क निर्माणको बहानामा ढुङ्गाको व्यापार
धादिङको कमेरेपाखा सामुदायिक वनको मुख्य प्रवेश मार्गमा एउटा सूचना बोर्ड राखिएको छ। बोर्डमा सामुदायिक वन क्षेत्रभित्र रुखबिरुवा काटेमा र चरिचरन गरेमा कारबाही हुने लेखिएको छ। यो सूचना बोर्ड २०७२ को वातावरण दिवसका अवसरमा तत्कालीन जिल्ला वन कार्यालय धादिङले राखेको हो।
टिप्परको तौल नलिइने
सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने गरी भएको निर्णय व्यवसायीको दबाबमा पाँच दिन पनि टिक्न सकेन ।
चितवनमा रविको मत बढ्यो, तनहुँमा स्वर्णिमको उदय
उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।
कामपाले विद्यालयमा सुरु गर्यो सीपमूलक शिक्षा कार्यक्रम
काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ ।
फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?
यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताउनुभयो ।
मध्यविन्दुमा कृषिउपज सङ्कलन केन्द्र स्थापना
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –१ पतवारीमा कृषिउपज सङ्कलन तथा विक्री केन्द्र स्थापना भएको छ । स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबाली लगायतका कृषिउपज सामग्री विक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सङ्कलन केन्द्र सञ्चालन गरिएको वडाध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो ।
गोरखा भूकम्पको आठ वर्ष : अझै पनि बनेन स्मृति उद्यान
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । वि.सं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमलव आठ रेक्टर स्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।
टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)
लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर काठमाडौं उपत्यकाको अधिकांश पुराना सहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ ।
पचासी लाख रुपियाँमा झोलुङ्गे पुल निर्माण
मकवानपुरको बकैया गाउँपालिकामा ८५ लाख रुपियाँको लागत झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
चितवन – २ मा २२ मध्ये १९ उम्मेदवारको जमानत जफत
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा २२ उम्मेदवार मध्ये १९ जनाको जमानत जफत भएको छ ।
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउनुभएको छ ।
एमाले र कांग्रेसका उम्मेदवारले दिए रविलाई बधाई
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिनुभएको छ ।
चितवन–२ बाट रवि लामिछाने विजयी
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।