प्रविधिले नागरिकको जीवनशैली सहज
ताप्लेजुङमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक अन्तर्क्रिया आयोजना गरिएको छ । कार्यक्रममा सहभागीले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई सहज बनाएको उल्लेख गरेका छन् ।
उपेन्द्र यादवद्वारा शपथग्रहण
बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ ।
अठार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ ।
मलामीको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध
काभ्रेपलान्चोकको बनेपा नगरपालिका –१३ भैंसेपाटीमा मलामी आएका एक व्यक्तिको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको छ ।
सफलताको सिँढीमा अञ्जन
हरेक नेपाली चलचित्रकर्मीको सपना भारतीय चलचित्र उद्योगमा काम गर्ने हुन्छ । सपना सबैको पूरा भने हुँदैन । यसका लागि मेहनत, धैर्य, ज्ञान र सीप आवश्यक हुन्छ । यस्तै क्षमता प्रयोग गरेर आफ्नो सपना पूरा गरिरहनुभएको छ; धनुषा मिथिला नगरपालिका–१०, लालगढका अञ्जन गजुरेलले ।
सबै वडामा सडक विस्तार
पहिले गाउँघरमै खेती गर्दै आएका कमलामाई नगरपालिका–३, चपौलीका खिलप्रसाद सिग्देल अहिले गाउँकै गतिलो व्यापारीका रूपमा गनिनुहुन्छ । घरमुनिबाट बीपी राजमार्ग जोड्ने सोलाभन्ज्याङ–मझुवा सडक निर्माण भएपछि उहाँको पेसासँगै पहिचान बदलिएको हो । अहिले यो सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
बनेपामा चण्डेश्वरी जात्राको तयारी
बनेपामा चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ । आगामी शुक्रबार हुने चण्डेश्वरी जात्राको तयारी गर्ने क्रममा मन्दिर रङरोगन र टोल तथा मन्दिर सरसफाइ गर्ने काम भइरहेको छ । बनेपालीले आस्था, विश्वास र महत्वका साथ मनाउने चाड चण्डेश्वरी जात्राका लागि बनेपामा रहेको चण्डेश्वरी मन्दिर र मन्दिर परिसर धुमधामसाथ हरेक वर्ष बेहुलीझैँ सिँगार्न थालिएको छ ।
सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ ।
सुकुम्बासी बस्ती व्यवस्थापनमा कामभन्दा द्वन्द्व बढी
बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा प्रारम्भिक काम नगर्दा र भूमि आयोगले समन्वयको पहल नगर्दा दुई सरकारी निकायबीच द्वन्द्व सुरु भएको हो ।
बिद्यालयमा टिकाउन बिद्यार्थीलाई झोला वितरण
दुर्गम गाउँ भुननडाँडा, भुलुङखाले, किटिनी, भलार्खक, भरातीगाउँ, आरुखर्क, हर्रेडाँडाका बिद्यार्थीलाई बिद्यालयमा टिकाउन निःशुल्क झोला बितरण गरिएको छ । चौतारा साँगचोकगढी नगरपालिका –३ स्थित श्री दक्षिणकाली माध्यमिक बिद्यालयका एक सय २० जना छात्रछात्रालाई झोला बितरण गरिएको सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक कटुवालले जानकारी दिनुभयो ।
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी अवरुद्ध
धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल आज भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।
पर्खालले च्यापिएर मजदुरको मृत्यु
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको दिन सोमबार तनहुँमा एक मजुरको पर्खालले च्यापिएर मृत्यु भएको छ।
सरकारले श्रमिकको पक्षमा काम गर्नुपर्छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले श्रमिकको पक्षमा काम नगरेको बताउनुभएको छ ।
'महावीर पुनका माग सम्बोधन गर्न सरकार तयार छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ।
अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य नियुक्त
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त हुनुभएको छ।
प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो ।
आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुला
नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभयो ।
नियुक्ति पत्रसहित सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ ।
सरकार ढल्छ भन्नु भ्रम: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन नहुने स्पष्ट पार्नुभयो ।
स्वच्छ ऊर्जा उत्पादनमा कानुन अभाव
विश्वव्यापी समस्या बनेको जलवायु परिवर्तनको समस्या समाधानका लागि ऊर्जा रूपान्तरणमा जोड दिइएको छ। नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग जलवायु परिवर्तनमा देखिएको समस्या समाधानमा सहयोगी हुने भन्दै ऊर्जा रूपान्तरणमा जोड दिइएको हो। बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले प्रकृति रिसोर्सेज सेन्टर र डब्लूडब्लूएफको सहयोगमा आइतबार हेटौँडामा आयोजना गरेको नवीकरणीय ऊर्जासम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा खनिजजन्य इन्धनको बढ्दो प्रयोगबाट हरितगृह ग्यासको उत्सर्जनले जलवायु परिवर्तनमा प्रभाव पार्ने भन्दै नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाइएको थियो।
बालमैत्री नगर बनाउने लक्ष्य
रामेछाप जिल्लाका दुईवटा नगरपालिका रामेछाप र मन्थली बालमैत्री नगरपालिका बनाउने लक्ष्य लिएर अगाडि बढेका छन्। जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले २०८१ जेठसम्ममा र रामेछाप नगरपालिकाले २०८१ चैतसम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएका हुन्। बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ यी नगरपालिकाले ५१ वटा सूचक पूरा गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेका छन्।
महावीर पुनका माग सम्बोधन हुनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका माग राज्यका लागि निकै हितकर भएको जनाउँदै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।