महावीर पुनका माग सम्बोधन हुनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका माग राज्यका लागि निकै हितकर भएको जनाउँदै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड चितवनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ। आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने तयारी
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘अधिकारका लागि हस्तक्षेप गरौं’ नारासहित १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२३ भोलि सोमबार मनाउनेभएको छ । जिफन्टले आज यहाँ पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
उपप्रधानमन्त्री र पुनबीचको वार्ता सकारात्मक : वार्ता टोली गठन हुने
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवम् वैज्ञानिक महावीर पुनबीच भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रनुभएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।
वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते
आइतबार दिउँसो वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।
स्टार्फ नर्स श्रेष्ठ मृत फेला
काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका –१६ बोहराटारस्थित एक जना चिकित्सकको कोठामा मृत भेटिएकी छन् ।
नीरा हत्यामा संलग्न विनोद विश्वकर्मा पक्राउ
एक साताअघि काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न भएको आरोपमा विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ।
क्योकुशिन–सेइसिन कराँतेमा माझी र आलेमगरलाई स्वर्ण
प्रथम काठमाडाैँ महानगर मेयर कप तथा सातौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८० सुलभ माझी र सपना आलेमगरले स्वर्ण जित्नुभएको छ ।
क्षत्रपाटी निःशुल्क चिकित्सालय अत्याधुनिक अस्पताल बनाइने
क्षत्रपाटी निःशुल्क चिकित्सालयमा डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन हुनुभएको छ । उहाँ दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सुरक्षा बैठक सुरु
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाको सुरक्षा सम्बन्धी बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
कार दुर्घटनामा दुई जनाको मृत्यु
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –२ पीपलभञ्ज्याङ नजिक आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी [वैशाख शुक्ल] पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।
दुई वर्षमा छ ऐन, दस अध्यादेश
बागमती प्रदेश सरकारले ऐन निर्माणलाई भन्दा अध्यादेश जारीलाई प्राथमिकतामा राखेको पाइएको छ। प्रदेश सभाको पहिलो कार्यकालको पछिल्ला दुई वर्षमा जारी अध्यादेशको सङ्ख्या र अवस्था हेर्दा प्रदेश सरकार प्रदेश सभाबाट ऐन निर्माणलाई भन्दा अध्यादेश जारीलाई प्राथमिकता दिएको पुष्टि हुन्छ।
बीस प्रतिशत घरपरिवारमा महिलाको नाममा घरजग्गा
काभ्रेपलाञ्चोक जिल्लामा रहेको कुल घरपरिवारमध्ये २० दशमलव ६ प्रतिशत घरपरिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा रहेको ९१ हजार ३३० कुल घरपरिवारमध्ये दुई हजार ८१ घरपरिवारमा महिलाको नाममा घर मात्रै रहेको, सात हजार ८६ घरपरिवारमा घर र जग्गा दुवै रहेको छ। यस्तै नौ हजार ६७७ घरपरिवारमा महिलाको नाममा जग्गा मात्रै रहेको, एक हजार १६ घरपरिवारको स्वामित्वको उल्लेख नभएको तथा जिल्लामा रहेका कुल घरपरिवारमध्ये ७१ हजार ४७० घरपरिवारमा महिलाको नाममा घर र जग्गा दुवै नभएको जनगणनाको तथ्याङ्कले देखाएको छ।
बाघलाई छोराछोरीजस्तै मान्ने ‘बाघ बा’
पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उहाँ साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उहाँको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उहाँलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।
वर्षाले जलमग्न सडक
शनिबार अपरान्ह्पछि भारी वर्षाका कारण काठमाडौँ न्यूप्लाजा क्षेत्रको जलमग्न सडक ।
भ्रष्टाचार अनुसन्धानको पाँच वर्षे हदम्याद स्वीकार्य हुँदैन : महामन्त्री शर्मा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको छ।
साताका सात तस्बिर
विष्णुमती कोरिडोरमा ढल निर्माणका लागि खनिएको खाडल नपुरी यतिकै छोडिएको सडक किनारबाट जोखिमपूर्ण यात्रा गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन।
एयर इन्डियाको जहाज ‘ओभरसुट’
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।
वालकुमारी वन क्षेत्रको सरसफाइ
ललितपुर महानगरपालिका –१८ सैबु भन्ज्याङस्थित वालकुमारी सामुदायिक वन उपभोक्ता समूहले सल्ला वनक्षेत्रको शनिबार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी
पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन ।
राहतकाे विराेध नगर्न बहिर्गमित सेनाकाे अपिल
बहिर्गमित जनमुक्ति सेना, नेपालले दुई लाख रुपियाँ आफूहरूलाई राहत स्वरूप दिने सरकारको निर्णयको विरोध नगर्न सङ्घीय संसद् र त्यहाँका सांसदहरूलाई अपिल गरेको छ ।
सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण
दोलखाको कालिञ्चोक गाउँपालिकाका कृषकले उत्पादन गरेका वस्तुहरूको बजारीकरण सुरु गरिएको छ ।