• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

सडकमै धराप !

तस्बिर : सुजन गुरुङ  

सडकमै धराप !राधजानीको नयाँ बसपार्क क्षेत्रको विष्णुमती कोरिडोरमा ढल निर्माणका लागि खनिएको खाडल नपुरी यतिकै छोडिएको सडक किनारबाट जोखिमपूर्ण यात्रा गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन। अहिले राजधानीमा विद्युतीय तार भूमिगत, ढल निर्माण, मेलम्ची खानेपानीको मर्मत र पाइप बिछ्याउने कार्यका कारण सडकमा खाडल खनेर यतिकै छाड्ने गरिएको छ। यसले  सडक दुर्घटनाको जोखिम मात्र बढेको छैन धुलोले दैनिक जीवनमा प्रभाव परेको छ। 

राजधानीको महाराजगञ्ज बूढानीलकण्ठ सडक खण्डमा मेलम्ची खानेपानी विस्तारका लागि खनिएको खडलमा फसेको माइक्रो बस। 


वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्दै ललितपुरका स्थानीय । चार दिन पहिले रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएपछि सोमबार रथलाई तानेर गाबहाल लैजाने साइतअनुसार रथ तानिएको हो। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। 


राजधानीको वसन्तपुर दरबार क्षेत्रमा फुलेको ज्याकाराण्डा फूल। साथमा देखिएको वसन्तपुर दरबार क्षेत्र र पृष्ठभूमिमा देखिएको स्वायम्भु स्तुपा। 


हरियाली रुखहरुसँगै राजधानीको ह्वाइट गुम्बाबाट देखिएको काठमाडौं उपत्यका। उपत्यकामा कंक्रिटको जंगल बाक्लिन जंगल मासिएको छ। 


राजधानीको चक्रपथ खण्ड अन्तर्गत नारायण गोपालचोक क्षेत्रमा रिक्सामा विभिन्न खाद्य सामान राखेर बिक्रीका लागि हिँडेका घुमन्ते व्यापारी। 


२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको धरहरा क्षेत्रमा पार्किङ्ग लगायतका संरचनाको निर्माण कार्य अझै सम्पन्न हुनसकेको छैन। २०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा ढलेपछि पुननिर्माणको काम भइरहेको छ।