• १३ साउन २०८१, आइतबार

कार दुर्घटनामा दुई जनाको मृत्यु

blog

सिन्धुलीमाढी, वैशाख १७ गते । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –२ पीपलभञ्ज्याङ नजिक आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई उक्त ठाउँमा सडकबाट अन्दाजी २० मिटर तल भीरमा खस्दा कारमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मृत्यु हुनेमा झापा जिल्ला चारपाने –५ निवासी कार चालक अन्दाजी ४३ वर्षीय कुमार पुरी र साबिक सिन्धुली जिल्ला कपिलाकोट –३ घर भई हाल काठमाडौं महानगरपालिका गौरीघाट निवासी ३८ वर्षीया सहारा प्रसाईँ रहेका छन् । अर्का यात्रु प्युठान नगरपालिका–८ निवासी करिब ३३ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते बन्नुभएको छ ।

गम्भीर घाइते थापालाई सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Author

बाबुराम देवकोटा